कैलालीको लम्किमा छुट्टा छुट्टै घटनामा ४ जनाको मृत्यु

हेल्लो समाचारदाता
धनगढी, २८ वैशाख – कैलालीको लम्किमा छुट्टा छुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । शनिबार नदीमा डुबेर कैलालीको लम्कीमा दुई बालकको ज्यान गएको हो । लम्किचुहा नगरपालिका ७ चागाबाडिमा रहेको रोरा नदीमा डुबेर २ जना बालकको ज्यान गएको जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ । ज्यान जानेमा लम्किचुहा नगरपालिका–७ का ११ वर्षीय सुदिप चौधरी र ११ बर्षकै समिर चौधरी रहेका छन् ।

शनिवार बिहान करिब १२ बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको उपचारका क्रममा टिकापुर अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्ष दक्ष कुमार बस्नेतले बताए ।

शनिबार नै लम्किचुहा नगरपालिका ४ कौवापुरको रतन खोलामा ढुंगाले चोट लागेर एक जनाको मृत्यु भएको छ । पानी पिउने क्रममा माथिबाट खसेको ढुंगा लागेर १८ बर्षिय प्रमोद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बस्नेतले बताए ।

यसअघि गएराति लम्किचुहा नगरपालिका वडा नम्बर १० मा ट्रेक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । से १ त ९८८४ नम्बरको टे«क्टर र से २ प ७३०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बर्दगोरीया गाउँपालिकाका २७ बर्षिय मनोज न्यौपानेको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् । बर्दगोरीयाकै नारद न्यौपाने र तुलाराम न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.