ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

हेल्लो समाचारदाता

बाजुरा,२७ वैशाख– बाजुराको मार्तडी बाट कोल्टि जाँदै गरेको कुखुराको दाना बोकेको लु ४ त ७८१ नं को ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक सहित दुई जना घाइते भएका छन । ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो । दुर्घटनामा परि बुढिनन्दा नगरपालिका– ७ बस्ने २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धव सिंह भाटले जानकारी दिनुभयो । खड्काको उपचारको क्रमामा कोल्टि स्वास्थ्य कार्यालयमा निधन भएको हो । घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडि नगरपालिका– १० का १९ वर्षका खगेन्द्र चौधरि र स्वामी कार्तिक गाउपालिका– ३ बस्ने प्रकाश शाहि रहेका छन् । दुइजना घाइतेको कोल्टि स्वास्थ्य संथामा उपचार भैरहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.