“भगाई लान्छु” गितको बोलसँगै उदाए पुनर्वासका देव सापकोटा ( म्युजिक भिडियो सहित )
हेल्लो समाचारदाता
पुनर्वास–कञ्चनपुरको पुनर्वासका देव सापकोटाको पहिलो लोक पप गितको म्युजिक भिडियो युट्यूबमा सार्वजनिक भएको छ ।
देव सापकोटाको आफ्नै लय, शब्द र स्वरमा रहेको सो लोक पप “भगाई लान्छु” भन्ने बोलको गितको म्युजिक भिडियो विहिबार युट्यूबमा सार्वजनिक भएको हो ।
निर्देशक विक्रम चौहानले निर्देशन गरेको सो म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका चर्चित गायक चक्र बम र मोडेल अञ्जली अधिकारीकोे अभिनय रहेको छ ।
मिलन खड्काको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् । भने गितको म्यजिक भिडियो गायक चक्र बमकै युट्यूब च्यानलमा सार्वजनिक गरिएको छ ।
केहि समय अघि मात्रै लोक पप गित “भगाई लान्छु” भन्ने एल्बम युट्यूबमा सार्वजनिक गरेका उदाउदा नव गायक देव सापकोटा सानै उमेर देखि कलाकारीता क्षेत्रमा रुचि राख्ने गर्थे ।
Comments are closed.