धनगढी कराँते एकेडेमीद्वारा बृहत रक्तदान

हरिलाल जोशी
धनगढी, १४ बैशाख ।
नेपालमा अहिले देशभरि एक दिनमा झण्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रले जनाइरहदा “रक्तदान जीवन दान“ भन्ने अभिप्राय साथ कैलालीको धनगढीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धनगढी कराँते एकेडेमी र धनगढी उप-महानगरपालिका वडा नम्बर ३ वडा कार्यालयको संयुक्त आयोजनामा शनिबार धनगढीको चौराहामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समय–समयमा रक्तदान जस्ता सामाजिक कामहरु गर्दै आएको सो एकाडेमीले आज आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेको धनगढी कराँते एकेडेमीका उपाध्यक्ष ललित खत्रीले जानकारी दिए ।
उहाँले भने रगत दान गर्दा मानव स्वास्थ पनि उत्तिकै सबल हुने र स्वास्थ जिवनको लागि प्रत्येक ६/६ महिनामा रक्तदान गर्नुपर्ने बताए ।
मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको सरप्राइज धनगढीका जेम्स पालले बताए । “विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन ।” उनले भने “ त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै बिरामीका लागि वरदान साबित भएको छ ।”
Comments are closed.