कञ्चनपुरको बेलाैरीमा प्रहरी र भारतीय तस्करहरु बिच दाेहाेराे झडप

एक स्थानिय गम्भिर घाईते

हेल्लो समाचारदाता
बैशाख १४,बेलाैरी –
कञ्चनपुरको बेलाैरीमा प्रहरी र भारतीय तस्करहरु बिच दाेहाेराे झडप भएको छ ।

शुक्रबार राति बेलाैरी नगरपालिका १० ( भुडा ) मा नेपाल सशस्त्र प्रहरी र भारतीय तस्करहरु बिच दाेहाेराे झडप भएको हाे ।

झडपमा परि स्थानीय तारा चन्द घाइते भएको भुडाका प्रहरी सहायक निरिक्षक कैलाश भट्ट ले जानकारी दिए । चन्दकाे टाउकोमा गम्भीर चाेट लागेको बताइएको छ । सशस्त्र प्रहरीले भने झडपबारे जानकारी दिन खाेजेन । भारतीय तस्करहरुले हवाई फाइरीङ गरेको स्थानियहरुको भनाई छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.