बझाङका लागि हिडेको बस डडेल्धुरामा दुर्घटना,६ जनाको मृत्यु

हेल्लो समाचारदाता

बैशाख ११,डडेल्धुरा –डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।

६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी नरिक्षक लक्ष्मण खड्काले पुष्टि गरे। धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।साहुखर्क क्षेत्रमा टेलीफोन सम्पर्क समेत हुन सकिरहेको छैन्।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.