कर्णाली ¥याफ्टिङ ज्याम्बोरी सफल : संयोजक श्रेष्ठ
सुदूरपश्चिम प्रदेश सहित कर्णाली र प्रदेश नम्बर ५ भएर बग्ने कर्णाली नदीमा विश्व किर्तिमान राख्ने लक्ष्य सहित आयोजना गरिएको कर्णाली ¥याफ्टिङ ज्याम्बोरी सकिएको एक हप्ता बढी समय भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कैलालीको मोहन्याल गाउँपालिका र जिल्ला समन्वय समिती कैलालीको समन्वयमा आयोजना गरिएको ¥याफ्टिङ जम्बोरीबारे बिभिन्न टिकाटिप्पणी समेत उठेका छन् । कर्णाली नदीमा एक साथ एक सय ११ ¥याफ्टिङ बोटबाट एक हजार एक सय बढीलाई जलयात्रामा सहभागित गराउँने लक्ष्य राखिएको भएपनि सोचे जति उपलव्धी हुन सकेन भने ¥याफ्टिङ जम्बोरीको तीन प्रदेशका मुख्यमन्त्रीबाट उद्घाटन गराउँने लक्ष राखीएको भएपनि अन्तमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट मात्र उद्घाटन गराईयो । यसै बिषयमा ¥याफ्टिङ जम्बोरी कार्यक्रमका संयोजक पर्यटन व्यवसायी रमण श्रेष्ठ संग नेपाल पर्यटन पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष भिम चौधरीले गरेको कुराकानीको सारसंक्षेप :
– कर्णाली ¥याफ्टिङ ज्याम्बोरी सफल कि असफल ?
चार महिना अगाडी डिजाईन गरिएको कार्यक्रम हो । कार्यक्रमलाई असफल भन्न मिल्दैन तर जुन रुपमा हामीले सोचेका थियो त्यो अनुरुप हुन सकेन कारणहरु धेरै छन् । सबैभन्दा पहिलो कारण हामीले सोचेको जस्तो ¥याफ्टिङ पाउँन सकेनौ । पश्चिमतर्फ ¥याफ्टिङ धेरै कम छन् काठमाण्डौतर्फ बाट ल्याउँनुपर्छ । अहिले सिजन भएकाले ¥याफ्टिङ पाउँन सकिएन । अर्को कारण प्रधानमन्त्री मार्फत कर्णाली ¥याफ्टिङ ज्याम्बोरीको उद्घाटन गराउँने कार्यक्रम थियो तर विभिन्न कारणले उहाँलाई अन्तमा ल्याउँन सकिएन जसले धेरै डिष्टर्भ ग¥यो तर पनि सोचेको जस्तो नभएपनि असफल भने भन्न मिल्दैन ।
– कर्णाली ¥याफ्टिङ ज्याम्बोरी किन र केका लागि ?
कर्णाली नदी मानसरोबरबाट निस्किएका चार नदीमध्ये एउटा मात्र स्वच्छ रुपमा बगेको नदी हो । अरु भारत र पाकिस्तानमा पर्ने नदीमा कसैमा बाँध त कसैबाट बिजुली निकालिएको छ त्यसैले कर्णाली नदी जस्तो सुद्ध पनि छैनन् र यो नदी नेपालकै सबैभन्दा लामो नदी पनि हो । यो नदी तीन वटा प्रदेश जोडिएर बगेकोले तीन वटै प्रदेशको पर्यटन गतिबिधीलाई बढावा दिन कर्णाली नदीमा ¥याफ्टिङ ज्याम्बोरीको आयोजना गरिएको हो । कर्णाली नदी विश्वमै ¥याफ्टिङको लागि टप थ्री नदीको रुपमा पर्दछ तर प्रचारप्रसार हुन सकेको छैन यसलाई चिनाउँदै पर्यटन गतिबिधी बढाउँन कार्यक्रमको आयोजना गरिएको छ ।
–कर्णाली ¥याफ्टिङ ज्याम्बोरी आयोजना गर्दा निर्धारण गरिएको भन्दा कम बजेट खर्च भएको हो ?
कार्यक्रम सोचेजति राम्रो हुन सकेन । हामीले अलग तरिकाले डिजाईन गरेका थियौं तर त्यो अनुरुप हुन सकेन । भनेजति ¥याफ्टिङ बोटहरु पाउँन सकेनौ त्यसैले सहभागित पनि कम नै भए । कम्तिमा एक सय ११ बोट ल्याउँने सोच अनुरुप बजेट निर्धारण गरेका थियो तर त्यति पाईएन । बाहिरबाट ५५ र बाँके, बर्दिया, कैलाली, कञ्चनपुरबाट गरी जम्मा ८० बोट मात्र भित्र्याउँन सक्यो । एक बोटमा कसैमा १० कसैमा ११ गरेर साढे आठ सयको हाराहारीमा मात्रले जलयात्रा गरे । जलयात्रामा सहभागि हुनेलाई कैलालीको सोल्टामा रात्रीकालिन कन्सर्टको आयोजना गर्ने समेत कार्यक्रम बनाईएको थियो तर मौसम खराबीका कारण त्यो कार्यक्रम पनि गर्न सकिएन । प्रचारप्रसार जति हुनुपर्ने थियो त्यो पनि कम समयका कारण हुन सकिएन । मिति तोकिएको १५ दिनभित्र हामीले कार्यक्रम आयोजना गर्न सफल भयौं । कार्यक्रम गरुञ्जेलसम्म हामीले पैसा उठाउँन सकेका थिएनौ । त्यसैले पनि हामीले खर्चलाई अत्यन्त मितव्ययीता अपनाएका थियौं । मलाई लाग्छ हामीले क्याल्कुलेशन गरेकोभन्दा एक तिहाई पनि खर्च भएको छैन ।
– कर्णाली ¥याफ्टिङ ज्याम्बोरीमा भारतीय पर्यटकहरु प्राथमिकतामा थिए तर सोचेजती आउँन सकेनन नि ?
भारतीय पर्यटकहरु मैले चार÷पाँच सय जति आउँछन् भनेर सोचेको थिए । तर जुन दिन हाम्रो कार्यक्रम आयोजना भयो त्यो दिन नवरत्न शुरु भयो । भारतीयहरु धार्मीक रुपमा अलि बढी मान्दछन् भने अर्कोतर्फ भारतमा चुनाव थियो त्यसैले पनि सोचेजति उनीहरु आउँन सकेनन् । हामीले भारतको लखनउ, लखिमपुर, बहराईच, सितापुर, शाहजहानपुर लगायत नेपालसंग नजिक रहेका भारतका विभिन्न क्षेत्रमा पुगेर निमन्त्रणा दिदा दुई कारण देखाउँदै आउँने इच्छ्या हुदाहुदै पनि आउँन सकेनन् तर पछिल्लो पटक उनीहरुको आगमन निरन्तरण भैरहेको यहाँहरुले देख्न सक्नुहुन्छ । हामीले प्रचारप्रसार गरेका छौ भारतीयहरुमा उत्साह जागेको छ कार्यक्रममै आउँनुपर्छ भन्ने जरुरी छैन अहिले उनीहरुको आगमन बाक्लिएको छ ।
– कर्णाली ¥याफ्टिङ ज्याम्बोरीको तीन प्रदेशका मुख्यमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम थियो तर भएन नि ?
हामीले प्रधानमन्त्रीमार्फत उद्घाटन गराउँने कार्यक्रम बनाएका थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समय पनि दिनुभयो । तर, राजनितीक विवादका कारण अन्तमा प्रधानमन्त्री आउँन सक्नुभएन । उहाँले चैत्र दुई गतेको समय दिनुभएको थियो । प्रधानमन्त्री आउँन नसक्ने भएपछि तीन प्रदेशका मुख्यमन्त्री मार्फत उद्घाटन गर्ने कार्यक्रम बनाईएको थियो तर सोही समयमा राष्ट्रिय विकास परिषद्को मिटिङ, लगानी सम्मेलको कार्यक्रममा काठमाण्डौमै ब्यस्त हुन पुगे तर मुख्यमन्त्री त्रिलोचन भट्ट यही प्रदेशको मुख्यमन्त्री भएकाले उहाँ उद्घाटनको एक दिन अगाडी रात्री पुगेर अर्को दिन उद्घाटन गर्नुभयो ।
–सोचेजति सफल नभएपनि यसले कस्तो संदेश दिएको छ ?
साढे आठ सय बढी जलयात्रीहरु एकैपटक जलयात्रा गरे । त्यो ठाउँमा एकै पटक त्यति धेरै भिआईपी पुगेको पहिलो पटक हो त्यसले पनि केही जागरण ल्याएको छ । समग्रमा यो ईभेन्ट राम्रो भएको छ । त्यो सब हेर्ने दृष्ट्रिकोणमा भर पर्छ । कतिले डेढ करोड सके भन्छन् हामीसंग त्यति पैसा नै थिएन कसरी खर्च हुन्छ ।
Comments are closed.