गर्मी छल्न खानीडाँडा

भिम चौधरी
कैलाली, ७ बैशाख।
सेतो धुवाले पहाड, बाटो ढाकेको छ । वरपर हेर्न, देख्न समेत गाह्रो । यो केहो ? बादल । होईन जवाफ आयो । यो त कुहिरो हो । फेरि प्रश्न तेर्सियो संगै हिड्ने साथीलाई । कुहिरो ? होईन होला । फेरि साथीको जवाफ, पहाडमा त जाडो मै त कुहिरो लाग्छ । समूहमा घुम्दै गरेको सबै जना अक्क न बक्क । प्रश्न सोध्नेले जवाफ दिनेको अनुहारमा हेरेर हाँसेपछि जवाफ दिनेको होस् खुल्यो, होइन् यो त गर्मी हो । प्रश्न जवाफको खेल बन्द भयो ।

वास्तवमा पत्यार लाग्न सबैलाई गाह्रो छ । तराईमा टन्टलापुर घाम, गर्मी छल्न जति पानी शरीरमा खन्याएपनि सपना अधुरै, मनको ईच्छा पुग्नै गाह्रो ।
सोचेको जस्तो हुदैन, कल्पना गर्ने कसरी ? मन सन्तुष्टिका लागि बिद्युतको पनि त्यहि पारा । खाए खा, नखाए घिच । बाँच्नु त प¥यो दुःखसँगै भएपनि ।
समस्याको रुपमा रहेको गर्मी । सबैले त्यसै त नहोला मन नपराउँने । सबैले धिक्कार्नै पर्ने यो प्रकृतिकोे कस्तो उपहार । गाह्रो छ । यो अनौठो उपहार । न त खान मन लाग्ने, नत सुत्न नै सकिने न त काम गर्ने जोश र जागर नै आउँने । राती गर्मीको कारण सुत्न नै नसकिने । दिनभर त्यसैको फल झोक्याएर पसिना फुछ्दै समय बित्ने ।
तर, यो उपहार सबैतिर लागु नभएको अनुभव छ । हिमालय पर्वततिर अहिले पनि हिउँ परेकै छ । सुदूरपश्चिमको डडेल्धुरा सबैभन्दा बढी उदाहरणमा लिने ठाउँ जहाँ गर्मी मौसममा पनि आनन्दको अनुभूति । जहाँ पंखा नभई नहुने, ठूलो रकम खर्चेर वातावरण अनुकुलितको व्यवस्था नै गर्नुपर्ने । सबैकुरा प्राकृतिक । यो त हामी कैलाली बासीका लागि केही टाढा भयो । तर कैलाली जिल्लाकै चुरे गाउँपालिकामा पर्ने खानीडाँडाको मौसम धेरैका लागि अपत्यारिलो छ ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो क्षेत्रलाई भौतिक रुपमा अझ सुधार गर्नुका साथै खानीडाँडाको सिरानमा रहेको कम्पासे धुराको प्रचार प्रसार गर्न सके गर्मी कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने देखिन्छ ।

कैलालीको धनगढीको तापक्रम ३६ डिग्री हुँदा खानीडाँडामा भने तापक्रम २३ डिग्री रहने गरेको पाईन्छ । धनगढी लगायतको क्षेत्रमा बैशाख अन्तिम पुग्नै लाग्दा र जेठ शुरु हुदै लाग्न ४५ डिग्री तापक्रम पुुग्ने गर्दछ । तर, धनगढीबाट ४६ किलोमिटर उत्तर भिमदत्तराजमार्ग अन्तर्गत कैलालीको खानीडाँडामा भने तराईको मौसमभन्दा निकै भिन्नता छ । समुन्द्री सतहबाट दुई सय ३० मिटर उचाईमा अवस्थित खानीडाँडामा उष्ण मौसमी हावापानी पाईने र एक सय २५ मिलिलिटर सम्म पानी पर्ने गर्दछ । यस क्षेत्रमा अहिले पनि कुहिरो लागेको देखेर भुलभूलैयामा पर्नेको अनुभव छ । घरको कोठामा न त पंखा छ, न त वातावरण अनुकुलित (एसी) लगाईएको छ । यो त फरकै कुरा राती न्यानो कपडा नओढेर सुःख नै छैन ।
कस्तो अचम्मको ठाउँ जो धनगढीबाट धेरै टाढा पनि छैन । केही समय अघिसम्म यस स्थानको महत्व त्यति थिएन् । तर, पछिल्लो समय यो ठाउँ तराईबासी बिशेषगरी धनगढीबासीका लागि मात्र नभएर भारतको उत्तरप्रदेशबाट समेत दैनिक सयौंको संख्यामा परिवार सहित गर्मी छल्ने स्थानको रुपमा आउँने गरिएको छ । पछिल्लो समय गर्मी छल्न तथा प्राकृतिक मनोरम दृष्यावोलकनका लागि भारतको पलिया, लखिमपुर, लखनऊ, दिल्ली, पञ्जाव र उत्तराखण्डका बिभिन्न स्थानबाट भारतीय पर्यटकहरु आउने गरेको साईपाल रिसोर्टका सञ्चालक श्याम महराले बताउँनुभयो ।
भारत र नेपालका बिभिन्न स्थानबाट आउने पर्यटकहरु खानीडाँडाको मनोरम दृष्यावलोकन र शीतलताका कारण अत्यन्त प्रभावित भई पटक पटक आउने गरेको श्याम महराले बताउँनुभयो ।
खानीडाँडामा सुविधा सम्पन्न साईपाल रिसोर्ट संचालन गर्दै आएका धनगढीका श्याम महराले अद्भूत मौसमको खानी रहेको खानीडाँडाको प्रचारप्रसार गर्न सके पर्यटकहरुको ओईरो लाग्ने बताउनुहुन्छ । सम्भावना धेरै छ तर प्रचार प्रसारको कमी छ महराले भन्नुभयो, तराई बासीलाई गर्मी छल्न उत्तम ठाउँ हो खानीडाँडा ।
पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिने यो क्षेत्रलाई भौतिक रुपमा अझ सुधार गर्नुका साथै खानीडाँडाको सिरानमा रहेको कम्पासे धुराको प्रचार प्रसार गर्न सके गर्मी कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने देखिन्छ ।

चौधरी नेपाल पर्यटन पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हुन् ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.