बालिकामाथि यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ

हेल्लो समाचारदाता
धनगढी, ७ बैशाख ।
बालिकामाथि यौन हिंसा गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्। गएराति कैलालीको घोडाघोडी नगरपालिका ४ का सचिव यज्ञ आचार्य पक्राउ परेका हुन्।
शुक्रबार राति बालिकाको घरमा गएर सचिव आचार्यले आमासँग झगडा गरेर १२ वर्षीय उषा चौधरी (नाम परिवर्तन) लाई जबरजस्ती गर्न खोजेपछि स्थानीयले राति नै पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।
बालिकाका काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।
बालिकाले आफूमाथि गालीगलौज गर्नुका साथै हातपात गर्न खोजेको गुनासो गरेकी छन्। ‘राति आउनुभयो अनि आमालाई गाली गर्न लाग्नुभो’, पीडित बालिकाले भनिन्, ‘हाम्रो घर किन आउनुहुन्छ रु हामीलाई किन सताउनुहुन्छ ? भनेर प्रश्न गरेँ। त्यसपछि मलाई हातपातको प्रयास गर्नुभयो।’
Comments are closed.