कैलालीका विभिन्न ठाउँमा शंंकास्पद वस्तु फेला

हेल्लो समाचारदाता
बैशाख ०५,कैलाली – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दले आज बिहानै देखी सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वन्द कर्ताले जिल्लाका विभिन्न ठाउमा शंकास्पद वस्तु राखेपछि जनतामा त्रास छाएको छ । जिल्लाको टिकापुर, लम्कि,राजिपुर र अतरीयाका दुइ ठाउमा शंकास्पद वस्तु भेटिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निश्कृय पार्न सुरु गरेको जनाएको छ । अतरीयामा केही वेर अघि निश्कृय पारेको छ । प्रहरीले वम नभइ तर्सानका लागी मात्रै यस्ता वस्तु राखिएको जनाएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा न १ स्थित लम्की बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ।  बसपार्कमा रहेको कर्णाली यातायातको टिकट बुकिङ काउन्टरभित्र शंकास्पद वस्तु फेला परेको हो। रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।  प्रहरीको टोली घटना स्थलमा पुगेको छ। शंस्कापद वस्तु निष्कृय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.