मोटरसाईकलको ठक्करबाट धनगढीमा एकजनाको मृत्यु , चालकको अवस्था गम्भीर

हेल्लो समाचारदाता

बैशाख ०३/कैलाली –धनगढीमा मोटरसाईकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ। आज साझ धनगढी उपमहानगरपालिका वडा नम्बर १९  फुलबारीमा से १प ५३५० नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्रा गरिरहेकी सोही स्थानकी ५० वर्षीया सरस्वती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतका अनुसार अधिकारीलाई उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याईएकोमा अस्पतालमै मृत्यु भएको हो। यस्तै मोटरसाईकल चालक गोदावरी नगरपालिकाका   राम प्रसाद  चौधरीको अवस्था गम्भीर रहेको छ। उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.