नेपाली नयाँ वर्षको महिमा

विसं २०७५ लाई बिदाइ गर्दै आइतबारदेखि देशमा नयाँ वर्ष २०७६ मनाइँदै छ । विक्रम संवतलाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । वि.सं हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा स्तम्भित छ । मानव जीवनमा विगत, आगत र वर्तमान यी त्रिकालको निकै ठूलो भूमिका छ । जसले विगतको स्मरण गराउँदै, विगतको समीक्षा, वर्तमानमा गम्भीर र भविष्यप्रति सजग र आशावादी हुन अभिप्रेरित गर्दछ । नयाँ वर्षसँगै पात्रोहरु मात्रै हैन, नागरिकको आशा, अपेक्षा पनि नवीकरण हुन्छन् ।

रञ्जित लामा
धनगढी, कैलाली

हामी आफ्नोलाई भन्दा पराई नै आफ्नो मान्ने संस्कृतिबाट पे्ररित छौं । एक–दुई कुरा बाहेक अरु सबै कुरा हामीलाई अरुको नै राम्रो लाग्छ । नेपाली प्रबृत्ति पनि यस्तै प्रकृतिको व्यवहारबाट अछुतो रहन सकेको छैन । न्यू इयर भन्ने बित्तिकै एक दुई महिना अगाडिबाटै माहोल निकै तातिन थाल्छ । जता–ततै न्यू ईयर सेलेब्रेसनका कुराहरुले उच्च स्थान पाउछ । तर अंगे्रजी नयाँँ वर्षलाई भब्यताका साथ स्वागत गर्ने विशेष गरेर युवा मनहरुमा नेपाली वर्षलाई हर्ष उल्लासका साथ स्वागत गर्नमा सरसता र सरलता देखिदैन । हामी नेपालीको आफ्नोपन झल्काउने मौलिक उत्सव भनेकै बैशाख १ गते नै हो । वि.सं. अङ्ग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको यो बैशाख १ गतेको महत्व छुट्टै र विशेष रहेको संस्कृतिका विज्ञहरुले स्वीकार गरेका छन् । तर हामी हाम्रै संस्कृतिलाई स्वीकार्न गर्न सकिरहेका छैनौं । संस्कृतिका धनी हामी संस्कृतिमा दरिद्रता झल्काउँनु आश्चार्य र विष्मयको परकाष्ठा नै हो ।
विगतलाई समीक्षा गर्देै आगतलाई योजनाका रुपमा तर्जुमा गर्ने यो योजनाकारी वर्षलाई हामी दिनानुदिन भुल्दै छौ, कम महत्व दिदैछौं । अरु बार, अरु समय जस्तै लाग्न थालेको छ, यो शुभ बैशाख १ गते पनि । अन्य कुरामा जे जस्तो भए पनि संस्कार र संस्कृतिमा हामी दरिद्र छैनौं । दरिद्रता छ त केबल हाम्रो सोंचमा । आफ्नो मौलिकता, आफ्नोपन र आफ्नो संस्कार–संस्कृतिलाई हामी आफैले जगेर्ना गर्नलाई, महत्व दिउँ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.