एसपिएल एकेडेमीद्वारा अभिभावक दिवस तथा रिजल्ट प्रकाशन कार्यक्रम सम्पन्न

हेल्लो समाचारदाता
चैत  ३०,पुनर्वास/कंचनपुरको पुनर्वास नगरपालिका-३,स्थित एसपिएल एकेडेमीले(किन्डर गार्टेन ) अभिभावक दिवस तथा रिजल्ट प्रकाशन कार्यक्रम शुक्रबार बिधालयकै प्राङ्गणमा सम्पन्न गरेको छ ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष धनराज भट्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा कार्यक्रमको प्रमुख आतिथ्यमा रहेका थिए । त्यस्तै बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिकाका बिनि रुपराम तिरुवा रहेका थिए भने विभिन्न बक्ताहरु अतिथिमा आसिन थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य ,स्पिच,गित र क्यारीक्याचर आदि प्रस्तुती देखाउनुको साथै प्रीन्सिपल ऋषिराम अधिकारीले आउँदै गरेको नयाँ वर्षको शुभकामनासहित नयाँ भर्ना पनि खुलेको कुरा अभिभावक र बिद्यार्थीमा जानकारी दिए ।

बिधालयका भाईस प्रीन्सिपल अमरराज उपाध्यायको स्वागत मन्तव्य मन्तव्यसंगै सुरु भएको कार्यक्रममा उपस्थित विभिन्न अतिथीहरुले आ-आफ्नो ओजपुर्ण शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षिका सरस्वती शाही र शिक्षक रामराज जोशीले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.