पर्यटन पत्रकार कैलालीको बैठक घोडाघोडीमा सम्पन्न, आगामी बैठक खानीडाँडामा हुने

लीला खाती
धनगढी, ३० चैत्र ।
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको दोश्रो बैठक कैलालीको घोडाघोडा स्थित आजुवा तालमा सम्पन्न भएको छ । आगामी बैठक खानी डाँडामा गरिने समितिले निर्णय गरेको छ ।
घोडाघोडी नगरपालिकाको समन्वयमा सम्पन्न भएको सो बैठकमा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि सरोकारवालासँग अन्तकृया विषयक तथा शुभकामना आदनप्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भीम चौधरीको अध्यक्षता एबं घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले –‘नेपाल पर्यटन पत्रकार महासंघ कैलालीले हरेक बैठक पर्यटन क्षेत्रमै रहेर गर्ने परिपाटी निक्कै प्रभावकारी रहेको बताए ।
‘सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब सबैले विशेष रुपमा प्रचारप्रसार, संरक्षण र विकास गर्नुपर्छ ।’ उनले भने ‘घोडाघोडीलाई गन्तव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार लागिरहेको बताउदै उनले गुरुयोजना बनाएर मात्र काम शुरु गर्ने बताए ।’ ‘अहिले छरपरस्ट रुपमा जे जति काम भएका छन् ती खासै प्रभावकारी नदेखिएकोले अब गुरुयोजनाले नै घोडाघोडीमा पर्यटन प्रबद्र्धनको खाका कोरिने उनले वताए । गुरुयोजना निर्माणका लागि छिट्टै नै विज्ञ टोलीबाट गुरुयोजना वनाईने समेत जानकारी गराए ।

घोडाघोडी तालसँग जोडिएको पूर्बी ओजुवा ताललाई ब्यवस्थित गर्दै डुंगा सञ्चालनमा आएपछि पछिल्लो पटक उक्त क्षेत्रमा पर्यटकको आगमन वढ्दै गएको पर्यटन ब्यवसायी डवल शाहले जानकारी दिए ।
नेपाल सरकारले राखेको अवधारणा ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्नु हामी सबैको दायित्व भएको कार्यक्रमका सभाध्यक्ष गरिरहेका नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भीम चौधरीले भने ‘घोडाघोडी ताललाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सम्पूर्ण सरोकारवालाहरुको अहम भूमिका रहनेछ ।’
घोडाघोडी ताल र आसपासमा रहेको क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा बिस्तार गर्ने योजना अनुरुप घोडाघोडी नगरपालिकाले तयार गरिरहेको पहल कदमीले यस क्षेत्रको पर्यटन सम्बद्र्धन र प्रबद्र्धनमा उल्लेख्य टेवा पुग्नेछ ।’ अध्यक्ष चौधरीले भने ‘पर्यटनको विकासका लागि नेपाल पर्यटन पत्रकार महासंघको कलम सदैब चल्नेछ ।
घोडाघोडी ताल प्रकृतिको दृष्टिले निकै सुन्दर रहेको प्रशंसा गर्दै यस क्षेत्रको पूर्वाधारको कमी, गन्तब्य प्रबद्र्धनका लागि आवश्यकीय प्रचार–प्रसारको कमी र सरोकारवालाहरुको चाँसो र चिन्ताको टिप्पणी कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले गरेका थिए ।
कार्यक्रममा पर्यटन ब्यबसायी डबल शाह, पञ्छी संरक्षणका हिरुलाल डगौरा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष चाँदनी आचार्य, घोडाघोडी जनजागरण तथा संरक्षण मञ्चका अध्यक्ष दिपेन्द्र शाही, वडा नं १ का वडा अध्यक्ष मनराज शाही, ४ का वडाअध्यक्ष टेक वुढा आदिको उपस्थिति कार्यक्रममा रहेको थियो ।
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका बरिष्ठ उपाध्यक्ष रञ्जित लामाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष इन्दू के.सी.ले गरेकी थिइन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.