पल उग्र्यान छोईलिङ गुम्बाको अध्यक्षमा डिम्डुङ

हरिलाल जोशी
पुनर्वास, २७ चैत ।
पुनर्वास नगरपालिका–२, दशरथबस्ती स्थित पल उग्र्यान छोईलिङ गुम्बाको अध्यक्षमा अमरबहादुर डिम्डुङ चयन भएको छ ।
गुम्बाले आफ्नो प्रथम अधिवेशन तथा साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न गर्दै डिम्डुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चैयन गरेको हो ।
कार्यक्रममा पुरानो कार्यसमितिलाई विघटन गर्दै पुरानै अध्यक्षको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति चयन भएका छन्। कार्यसमितिमा अध्यक्ष अमरबहादुर डिम्डुङ, सचिवमा सिङलाल घिसिङ, कोषाध्यक्षमा सरादेवी बोहरा र सदस्यमा दिलमाया तामाङ, बुद्धबहादुर स्याङदन, रामलाल स्याङ्दन, श्यामलाल ह्योञ्जन, ईन्द्रबहादुर ग्लान र पानमाया लोप्चन चयन भएका छन् भने सल्लाहकार समितिमा रञ्जित लामा, दिलिपकुमार तामाङ, भुपालमान लो, सुरतलाल घिसिङ र सोमबहादुर खिम्बा चयन भएका छन् ।
अमरबहादुर डिम्डुङको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य माननिय तारालामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिका–२ का अध्यक्ष सन्तकुमार तामाङ रहेका थिए । भने कार्यक्रममा दशरथ बस्तीका गाउँ मुखिया भुपालमान लो, कञ्चन क्षोईलिङ गुम्बाका प्रमुख लामा क्षेत्रबहादुर लामा, गुम्बाका पुजारी, अन्य लामा गान्वाहरु लगायत गाउँका भद्रभलादमी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य माननीय लामाले छोटो समयमै गुम्बाको धेरै प्रगति भएको बताए । गुठी, मन्दिर, गुम्बा जस्ता धार्मिक स्थलहरुमा स्थानीयहरुको योगदान देखेर आफुलाई खुशी लागेको उनले बताए ।
गुम्बाको उन्नति प्रगतिका लागि गठित कार्यसमितिले आफ्नो कार्यकाल अवधिमा गरेको आर्थिक वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै दुईलाख आय मध्ये १ लाख ५१ हजार पाँच सय व्यय र ४८ हजार ८ सय पचास बचत रहेको सचिव दिलिपकुमार तामाङले जानकारी दिए ।
रामलाल तामाङको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव दिलिपकुमार तामाङले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.