लालझाडीमा फरुवा प्रहार गरि एक महिलाको हत्या

हरिलाल जोशी

चैत २६,लालझाडी-कंचनपुरको लालझाडी गाउँपालिका-१,बिनाबारीमा फरुवा प्रहारबाट एक महिलाको हत्या भएको छ ।

सोमबार बाटोको बिवादका कारण सोही ठाउँका २५ बर्षिय निरज रानाले आफ्नै जेठी सासू पर्ने ५०बर्षिय बासमती रानाको हत्या गरिएको हो ।

दाईभाईमा केही समय अघिदेखि जग्गा विवाद चुलिरहदा देवरका छोरी ज्वाईले आफ्नै घर नजिकैको बाटोमा हिडिरहेको अवस्थामा बासमतीको टाउकोमा  फरुवा प्रहार गरि घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए ।
फरुवा प्रहार गर्ने निरज रानालाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक बमले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.