पुनर्वासमा सञ्चालित विश्व शान्ति महायज्ञ होम सम्पन्न

हरिलाल जोशी
पुनर्वास, २६ चैत ।
विश्व शान्ति महायज्ञ होम तथा त्रिपिटक बुम पाठ (सप्ताह पुराण) एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२, दशरथबस्ती स्थित पल उग्र्यान छोईलिङ गुम्बामा सञ्चालित सप्ताह पुराण मंगलबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
पल उग्र्यान छोईलिङ गुम्बाका अध्यक्ष अमरबहादुर डिम्डुङको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय तारालामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुनर्वास नगरपालिका–२ का अध्यक्ष सन्तकुमार तामाङको बिशिष्ट अतिथ्य रहेको थियो । भने कार्यक्रममा दशरथ बस्तीका गाउँ मुखिया भुपालमान लो, कञ्चन क्षोईलिङ गुम्बाका प्रमुख लामा क्षेत्रबहादुर लामा, गुम्बाका पुजारी, अन्य लामा गान्वाहरु लगायत गाउँका भद्रभलादमी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश सभा सदस्य माननीय तारालामा तामाङले भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुख प्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिए । समस्त प्राणीको उद्धार राष्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उद्देश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने कार्यको खुलेर प्रशंसा गरे ।
धार्मिक मूल्य, मान्यता र आस्थाको आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको बताउँदै तामाङले राष्ट्रिय एकता र पहिचानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको विचार व्यक्त गरे । वैदिक मूल्य मान्यताका आधारमा काम गर्ने हो भने र धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने तामाङको भनाई थियो ।
गुम्बाले पहिलो पटक विश्व शान्तिको लागि त्रिपिटक (बुम) पाठ गरी ग्रह दशा, शान्ति जप, होम, यज्ञ (सप्ताह पुराण) कार्यक्रम २० चैतबाट २६ गतेसम्म सञ्चालन गर्न सहयोग गरेका मनकारी दान दाताहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए भने सहभागी लामा गुरुहरुलाई दक्षिणा, दोसल्ला सहित प्रशंसापत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा एक वर्ष अघि पल उग्र्यान छोईलिङ गुम्बाका लागि एक कट्टा जमिन दान गरेकी सोहि ठाउँकी सरादेवी बोहरालाई गुम्बा समितिले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
रामलाल तामाङको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव दिलिपकुमार तामाङले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.