फारवेष्ट स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पुष्पराज अाेझा

चैत २६,पुनर्वास-पुनर्वास नगरपालिका १ अंशुबर्मा बस्ती स्थित फारवेष्ट पब्लिक बोर्डिङ स्कुलले आफ्नो नवौं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

सोमबार विविध सांस्कृतिक कार्यक्रमका बिच उक्त बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यालय ब्यबस्थापन समितिकि अध्यक्ष बिस्णुमाया पार्कीको  सभापतित्व तथा   नगरपालिकाकि उप-प्रमुख शारदा बिष्ट धामी प्रमुख आतिथ्यमा रहेकी थिईन । भने प्याब्सन नगर कमिटीका सह-सचिव तथा अलंकार पब्लिक स्कूलका संस्थापक पुष्पराज ओझा र नगर कमिटी सदस्य शान्तिमाया तामाङ् विशिष्ट आतिथ्यमा आसिन थिए ।  

कार्यक्रममा पि.टि.ओ अध्यक्ष शालिकराम कँडेल लगायतका शिक्षक अभिभावक, विद्यार्थीहरुको उपस्थितिका साथै बार्षिकोत्सव तथा अभिभावक दिवसमा नतिजा प्रकाशन, बिभिन्न सांस्कृतिक कार्यक्रम रहेको  बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत बिधालयकि प्रीन्सिपल मिना रावल ओलीले  गरेकि थिइन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.