भिमदत्तनगरका विप्लव ईन्चार्ज प्रहरी नियन्त्रणमा

हेल्लो समाचारदाता

कञ्चनपुर, २६ चैत्र – कञ्चनपुरमा प्रहरीले नेकपा विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार साँझ प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबिर जोशीलाई पक्राउ गरेको हो । उनलाई भीमदत्तनगरपालिका ९ बाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको बताए । प्रवक्ता विष्टका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.