अल्पसंख्यक जातजातिको पहिचान संरक्षण गर्नु राज्यको दायित्व : नगरप्रमुख चौधरी

शितल भट्ट /चैत २६
बेलौरी –
अल्पसंख्यक जातजातिको पहिचान संरक्षण गर्नु राज्यको दायित्व रहेको बेलौरी नगरपालिका नगरप्रमुख पोतीलाल चौधरीले बताउनु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्तामा होरी एवं चराई मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएका नगर प्रमुख चौधरीले उक्त कुरा बताउनु भएको हो । 

 

होरी  मिलन समारोहमा सहभागी नगरप्रमुख चौधरीले राना थारुको पहिचान संरक्षण गर्नमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताउनुभयो । यस्तै, नगर प्रमुख चौधरीले  कला संस्कृतिको मात्रै नभई नयाँ वर्ष २०७६ को शुभकामना दिदैँ बेलौरी नगरपालिकाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताउनुभयो ।

 

बेलौरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्दकुमार राना को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य होरी समितिका सल्लाहकार करम सिंह रानाले राख्नु भएको थियो । अध्यक्ष रानाले रानाथारु समुदायलाई राज्यले सुचिकृत गर्नु पर्नेमा विशेष जोडदिनु  भयो । उहाँले रानाथारु समुदायको पहिचान लोप हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा समेत राख्नु भयो ।

 

यस्तै, अध्यक्ष रानाले  कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने र राना थारुको पहिचान संरक्षण गर्न सहयोग पुर्याउने स्थानीय सरकार देखि मिडियाकर्मीहरुलाइ समेत विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा  राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो ।

 

एक महिना सम्म चल्ने रानाथारु समुदायको होरी एवं चराई मिलन कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.