पुनर्वासमा सशस्त्र प्रहरीद्धारा अबैध मार्बल बरामद

हेल्लो समाचारदाता
पुनर्वास, चैत २५ । कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्र पुनर्वासमा भारतीय बजारबाट अबैध रुपमा ल्याईदै गरेको मार्बल शसस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतीय बजारबाट अबैध रुपमा ल्याईएको मार्बल आईतबार साँझ ७ बजेतिर पुनर्वास नगरपालिकाको ८ र ९ वार्डको सिमानामा पर्ने खड्डाघाटबाट शसस्त्र प्रहरीले बरामद गरिएको हो ।


बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट आनन्द बजारबाट खटिएको टोलीले ७८ पेटी मार्बल (फ्लोर टायल) बरामद गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट आनन्द बजारका ईन्चार्ज प्रहरी नायव निरिक्षक त्रिभुवन बिष्टले बताए ।
बरामद गरिएको मार्बल ३५ नं. शैलेश्वरी गण झलारी पठाईसकेको शसस्त्र प्रहरी नायव निरिक्षक बिष्टले जानकारी दिए । उनले भने आफ्नो नजर अन्दाज भित्र परेका जुनसुकै अवैध मालसामानलाई पनि बरामद गर्ने बताए ।
पुनर्वासमा अस्थायीबाट स्थायी बिओपी क्याम्प स्थापना भएको एक साता नबित्दै सशस्त्र प्रहरीले देखाएको यो कदमीले आफूहरुमा एक किसिमको आसा पलाएको स्थानियहरुले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.