अज्ञात समूहद्धारा जेसीबीमा आगजनी

हेल्लो समाचारदाता

कञ्चनपुर, १९ चैत्र– कञ्चनपुरको वेदकोटमा मंगलबार बिहान अज्ञात समूहले एक निर्माण कम्पनीको जेसीबीमा आगो लगाएका छन् । प्रहरीका अनुसार वेदकोट नगरपालिका–३, खलगाडी किनारमा राखिएको मालिका निर्माण प्रालिका ठेकेदार रघुवीर साउदको जेसीबीमा आगो लगाइएको हो ।

आगलागीबाट जेसीबी पूर्णरूपमा जलेको र करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी भएलगत्तै दैजीस्थित अस्थायी प्रहरी पोस्ट र झलारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले बिहान सवा ४ बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

आगो लगाउने समूहको खोजी तीव्ररूपमा भइरहेको दैजीको अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ। घटनास्थल उक्त प्रहरी पोस्टबाट करिब ६ किलोमिटर उत्तर पर्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.