पुनर्वासमा लागुऔषध सहित दुई जना पक्राऊ

हेल्लो समाचारदाता

चैत १६,पुनर्वास– कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वासमा दुई जना लागुऔषध सहित पक्राऊ परेका छन् ।
शनिबार साँझ भारतीय बजारबाट आउँदै गरेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा पुनपा–४,कार्गिलडाँडाबाट अस्थायी सशस्त्र पोष्ट पुनर्वासबाट खटिएको टोलीले लागुऔषध सहित पक्राऊ गरेका हुन ।
पक्राऊ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५,ग–गाउँ घर भएको १८ वर्षिय दिपक साहुके र पुनर्वास नगरपालिका–१०,भिमबस्तीको २४ बर्षिय राजेश बिश्वकर्मा रहेको अस्थायी सशस्त्र पोष्ट पुनर्वासका प्रमूख नायव निरिक्षक त्रिभुवन बिष्टले जानकारी दिए ।
पक्राऊ परेका उनीहरुले खुट्टामा लगाएको जुत्ता भित्र लुकाएको अवस्थामा स्पास नामक १२ गोटा ट्याबलेट,नाईट्रोभ्याट नामक ३२ गोटा ट्याबलेट,हरियो गाँजा,चरेश र एक थान चिलिम बरामद गरिएको सशस्त्र नायब निरिक्षक विष्टले जानकारी दिए ।
पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको पनि उहाँले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.