पुनर्वास सुन काण्ड :धरौटी तिर्न नसकेर प्रहरी जवान जेल चलान

हेल्लो समाचारदाता

कञ्चनपुर, १२ चैत्र – फागुन पहिलो साता कञ्चनपुरको पुर्नवास र शुक्लाफाँटा दुई स्थानबाट बरामद गरिएको साढे २३ किलो सुन प्रकरणमा जिल्ला आदालत कञ्चनपुरले प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाइसहित पाँच जनाका नाममा दायर गरेको मुद्दामा मंगलबार जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले धरौटी र थुनामा राख्ने आदेश दिएका हुन् । धरौटी राख्न नसकेपछि प्रहरी जवान तिरुवा पनि कारागार चलान भएका छन् । जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले फरार रहेका सरिता तिरुवा, इन्द्र विक र शंकर विकका नाममा सुचना म्याद जारी भएको बताए । प्रतिवादी तीनै जनालाई २१ दिनभित्र आदालतमा हाजिर हुन पत्र काटिएको उनले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.