अछाममा बिप्लव समुह र प्रहरी बिछ गोली हानाहान

हेल्लो समाचारदाता

अछाम ,१२ चैत । अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गाेली हानाहान भएको हो ।

विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको  जनाएको छ। त्यसक्रममा प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् । प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ ।

दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।

सरकारले गएको फागुन २८ गते प्रतिबन्ध लगाएपछि प्रहरीले विप्वलका नेता/कार्यकर्ताको खोजी तीब्र पारेको छ । यसक्रममा तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सुदर्शनसहित विभिन्न क्षेत्रका इन्चार्ज र कार्यकर्ता गरि झण्डै २ सय जना पक्राउ परिसकेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.