आन्दोलन, बन्द, हड्तालले विकास निमार्णमा बाधा पुग्यो : मेयर सुरेन्द्र बिष्ट
स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष पुग्न लागेको छ । विकास निमार्णमा जनताले चाहे जस्तो अनुभूति गर्न पाएका छैनन् । जनप्रतिनिधिहरु जनताको सेवामा भन्दापनि आफ्ना सेवा सुविधा र कार्यक्रता पाल्न लागिपरेको भन्दै जनगुनासो आईरहेका छन् ।
देश संघिय संरचनामा गएपछि लामो समय विभिन्न आन्दोलन बन्द हडतालको चपेटामा रहेको कञ्चनपुरको भिमदत्त नगरपालिकाले विकास निमार्णमा के कस्ता प्रगति गरेको छ आम जनताको चासोको विषय बनेको छ । भिमदत्तका मेयर सुरेन्द्र बिष्टले झण्डै नौ महिनादेखि अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको निर्मला हत्या प्ररकरण, महेन्द्रनगर नगरविकास समितिको जग्गा घोटाला जस्ता थुप्रै आन्दोलन र बन्दको सामना गर्दै आएका छन् । आफु निर्वाचित भएपछि नगरले विकासका क्रियाकलापमा निकै फड्को मारेको छ मेयर विष्ट भन्छन, निर्मला निर्मला पन्तको बलात्कार पछि हत्या हुनु निकै दुखको विषय हो तर अपराधीलाई पत्ता लगाउन सहयोग गर्नुको साटो व्यक्तिगत स्वार्थको लागि केही व्यक्तिहरुले राजनीतिक मुद्दा बनाए त्यस्ता स्वार्थ लुट्नेहरु चाडै बाहिर आउछन् । यसै विषयलाई लिएर तेज बोहराले मेयर विष्टसँग गरेको कुराकानीको अंश :–
पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ?
नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन नीति कार्यक्रम र योजना बनाएको थियो, तिनै कार्यक्रमलाई कार्यान्वयन गराउने क्रममा व्यस्त छु ।
अहिले तपाइको स्थानीय तहले कसरी काम गरिरहेको छ ?
स्थानिय तहले आफ्नो बजेट कार्यक्रम, योजना र नीतिको माध्यमबाट दिगो विकास गर्ने हिसाबले नगरको समृद्धी र नगरबासीहरुलाई सुखी बनाउने किसिमले जादैछौ । नगरको बार्षिक कार्ययोजना बनाएर अगाडी बढेका थियौ त्यसलाई एक चरणमा एकबर्ष भित्रनै पूरा गर्छौ भन,े अर्को बहुबर्षे कार्यक्रमलाई पनि समयमै सम्पन्न गर्नको निम्ति आफ्ना सबै संयन्त्रहरु परिचालित गरेका छौ ।
अहिलेसम्म अल्पकालीन कार्यक्रमहरु के के सम्पन्न गर्नु भयो ?
भौतिक पुर्वाधार अन्र्तगत भर्खरैमात्र जैविक धार्मिक मार्ग करिब करिब १५ किलोमिटर लम्बाई र १८ मिटर चौडाई बाटो बनाएर छोटो अवधिमा काम गर्न सकिन्छ भन्ने उदाहरण दिएका छौ । जसले बस्ती र जंगललाई छुट्याएको छ, जुन क्षेत्र घाडीघाचँ क्षेत्र हो, त्यो क्षेत्रमा गरीब जनताहरु थिए, आयआर्जनको श्रोत थिएन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक साधान आवतजावतको लागि बाटो थिएन् । त्यसलाई सम्पन्न गरिसकेपछि फेरि बाह्य चक्रपथको रुपमा निमार्ण गर्न खोज्दै छौ, शुक्लाफाँटा पर्यटन मार्गको रुपमा अगाडी बढाउदै छौ ।
सँगसँगै बाटो ग्राविल बनाउने, कालोपत्रे गर्ने, स्कुलका पुर्वाधार निमार्ण, खानेपानी, कृषि, सिचाई जस्ता क्षेत्रमा काम गरिरहेका छौ ।
नीति निर्माण र कानून बनाउने सवालमा के गरिरहनु भएको छ ?
कानुन निमार्णमा पनि ५३ ओटा नयाँ कानून बनाई सकेको अवस्था छ, त्यसैगरी कार्यक्रम कार्यान्वयन, अनुगामनमा जोड् दिईरहेका छौ । सुशासनका कुराहरुमा पनि जनताले छोटो सेवा सुविधा पाउँन भन्ने किसिमले सबै वडा कार्यालहरुबाट सेवा प्रवाह गरिरहेका छौं ।
चालु आर्थिक बर्षमा बजेट कति थियो, खर्चको अवस्था कस्तो छ ?
भिमदत्त नगरपालिकामा साधारण र पूँजिगततर्फ १ अर्ब १६ करोड रुपयाँ विनियोजित गरिएको थियो । खर्चको अवस्था सन्तोषजन छ । भिमदत्त नगरपालिकाले एक्लैले गर्न नसक्ने कामहरु पिपिपि मोडेलबाट जादै छौ ।
जनप्रतिनिधि आएको दुई वर्ष हुनै लाग्दा पनि जनताले विकासको खासै अनुभूति गर्न पाएका छैनन किन ?
स्वभाविक रुपले जनताको चाहाना अनुसार जति छिटो काम हुनुपथ्र्यो त्यो नभएको यथार्थ कुरा हो । त्यसको पछाडि थुप्रै कारणहरु छन्, नगर लामो समयसम्म द्वन्द्वमा रह्यो, विकास निमार्णका कामहरु सुरु हुन सकेन् भएका संरचनाहरु पनि तहसनहस पारियो । स्थानिय निकायको निर्वाचन सम्पन्न भएको लामो समयसम्म कर्मचारीहरुको अभाव अझै जस्ताको त्यस्तै छ, भौतिक संरचनाहरुको अभाव कायमै छ । अझै पनि कर्मचारी समायोजनले थुप्रै विकास निमार्णका क्रियाकलापहरु सञ्चालन हुन सकेका छैनन् ।
तपाईहरुले सेवा प्रवाहमा पनि खासै ध्यान पु¥याउन नसकेको गुनासा छन् नि ?
अब आम रुपमा के छ कुनै ठाउँका घट्ना परिघटनाले निष्कर्शमा पुगीहाल्नु पर्ने अवस्था छैन् । हामीले त जनताको गुनासो सुन्न टोल फि नम्बरको व्यवस्था गरेका थियौ त्यहाँबाट पनि जनताका गुनासोहरु सम्बोधन गर्न सहज भईरहेको छ । जनता संग प्रत्यक्ष भेटघाटका कार्यक्रमहरु पनि भईरहेका छन् ।
काममा भन्दा पनि आर्थिक आर्जन गर्न मा नै जनप्रतिनिधिहरु लिप्त भइरहेका छन् भन्ने आरोपका बारेमा के भन्नुुहुन्छ ?
यी यस्ता आरोपहरु त कतिपय ठाउँमा सत्यपनि होलान् यदि त्यस्तो छ भने प्रमाण सहित आउनु पर्दछ । तर आम रुपमा जनप्रतिनिधि यस्तो भए भन्ने प्रश्न खडा भए त्यसको जवाफ दिन सक्दैनौ ।
विकास निर्माण देखि कानुन बनाउने सवालमा केन्द्रीय सरकार बाट कतिको सहयोग पाईरहनु भएको छ ?
केन्द्र सरकारबाट सहयोग भन्दा पनि असहयोग उत्पन्न भईरहेको छ । कानुन निमार्ण, बजेट वितरण, कर्मचारी समायोजन, योजनाहरुको छनौट् लगाएतका कुराहरुमा ढिलाई भईरहेको छ आश गरौ यी यस्ता समस्याहरु चाडै समाधान भएर जानेछन् ।
तपाई भिमदत्तमा निर्वाचित भईसकेपछि राष्ट्रीय चर्चाका घटनाहरु घटे कसरी सामना गर्नु भो ?
निर्मला पन्तको घट्ना थियो त्यो दुखःद घट्ना थियो जुन अपराध हो त्यो अछम्य अपराध हो दोषिलाई अनुसन्धान गर्ने कुरा प्रहरी प्रसाशनको हो त्यो राज्यले गर्छ नै । निर्मला हत्या प्रकरणमा संलग्न अपराधि जोसुकै भएपनि कानूनी कट्घरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्ने मान्यता छ र पीडित परिवारलाई न्याय दिन भिमदत्त सधै तयार छ ।
निर्मला हत्या प्रकरण जस्तै देशका थुप्रै स्थानमा भएका छन् कतिपय ठाउँमा दोषी पत्ता लागे कतिपय ठाउँमा अनुसन्धानको क्रममा छन् तर भिमदत्तमा त्यो घट्नालाई अगाडी सारेर आ आफ्ना स्वार्थ सिद्धीका निम्ति विभिन्न व्यक्तिगत पुर्वआग्रह ढंगले जुन कार्य भयो त्यसमा दुख्ख व्यक्त गर्न चाहान्छु । त्यो घट्नामा अपराधी पत्ता लगाउन सघाउनु भन्दा पनि अन्य कुनै उद्देश्यबाट भ्रमित पार्न खोजेको कुरा पनि समय क्रममा यो पर्दाफास हुन्छ र पर्दा पछाडीका सबै अनुहार बाहीर आउछन् भन्ने कुरापनि म तपाईलाई विश्वास दिलाउन चाहान्छु ।
अर्को नगरविकास समितिमा नियम विपरीत बनेका घर टहराहरु हट्ने छन् । नगरविकास समितिको नियम कानुनमा आफ्ना काम कारबाही अगाडी बढाइरहेको छ ।
अन्त्यमा तपाइको स्थानीय तहले भोग्नु परेका मुख्य समस्याहरु के के हुन् ?
कानुनको अभाव, कर्मचारीको अभाव कर्मचारी पनि अहिलेको प्रविधिसँग जुध्न सक्ने भएनन् त्यस्तै जनताको तीव्र विकासका चाहाना र हामीसँग सीमित स्रोत र साधन र बजेट त्यसलाई सन्तुलित रुपमा वितरणका लागि स्वभाविक रुपले अप्ठ्याराहरु छन् ।
Comments are closed.