कैलालीको चार ठाउँमा खेल मैदान निर्माण

हेल्लो समाचारदाता
कैलाली, ४ फागुन ।

कैलालीको फुटवल क्षेत्रको विकासका लागि जिल्ला फुटवल संघ र मर्सिकोर नेपालका सहकार्यमा जिल्ला भित्र रहेका खेल मैदान ममर्त, मैदान क्षेत्र भित्र तारवार, ढल निकास लगायत प्लेयर वक्स निर्माणकार्य सम्पन्न भएको छ ।
मर्सिकोर सहकार्यमा फुटवल संघले जिल्लाको जुगेडा, फुलवारी, पहलमानपुर र सुख्खडमा मैदान निर्माण गरेको कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहित कुमार शाहले जानकारी दिनुभयो। उहाँले जिल्लाका विभिन्न ठाउँमा खेलकुदका कार्यक्रम गर्न आवश्यक पर्ने मैदान निर्माणले स्थानीय स्तरमा खेलाडी उत्पादन, स्वास्थ्यमा समेत फाइदा पुग्ने वताउनुभयो ।
मर्सिकोरको सहकार्यमा भएको कार्यक्रमले गाउँगाउँवाट खेलाडी उत्पादनमा सहयोग पुग्ने, खेलकुदको गतिविधि सञ्चालनमा सहयोग हुने र विशेष गरी युवा वर्गको खेल क्षेत्रमा आकर्षण गराउदै विशेष गरेर फुटवलका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको कैलाली जिल्ला फुटवल संघका महासचिव ओम प्याकुरेलले जानकारी दिनुभयो ।
यसैबीच सोमवार फुटवल संघले जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएको खेलमैदानको निरीक्षण अनुगमन गरेको छ । जेनेरेसन अमेजीन कार्यक्रम अन्तरगत मैदान निर्माण कार्यको अवलोकन गरिएको फुटवल संघका उपाध्यक्ष अनिल मल्लले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा ब्यवस्थित खेलमैदान निर्माण भएपछि फुटवल लगायत अन्य खेलकुदका कार्यक्रम गर्न समेत आफुहरुलाई सजिलो भएको पहलमापुरका फुटवल खेलाडी विपना थापा मगरले बताउनुभयो । त्यस्तै सुख्खडको अर्का खेलाडी सन्तोष श्रेष्ठले खेलमैदान निर्माण पछि खेल आफुहरुलाई समेत सजिलो भएको उहाँले जानकारी दिनुभयो ।
कैलाली जिल्ला फुटवल संघका अध्यक्ष, उपाध्यक्ष लगायत खेलकुद क्षेत्रका ब्यक्तित्वहरुले जिल्लाका चारै स्थानमा वनाइएको खेल मैदानको अनुगमन गर्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.