‘अँधरिया रातमे’ मोडल अन्जु कुश्मीको चुडैलको भूमिका

धनगढी, ३ चैत्र ।

‘अँधरिया रातमे’ भन्ने म्युजिक भिडियोमा गायिका तथा मोडल अन्जु कुश्मीको फरक भूमिका देख्न सकिने छ ।
म्युजिक भिडियोमा मोडल कुश्मीको नयाँ लुक सहित एउटा चुडैलको भुमिकामा देख्न सकिने छ । म्युजिक भिडियोको छायांकन सकिए संगै धमाधम मिक्सिङ, एडिटिङको काम भईरहेको निर्माण पक्षले जनाइएको छ । सीएस फिल्मस् यूट्यूव च्यानलबाट भिडियो एक हप्ता भित्रै बजारमा आउने जनाईएको छ । यो संगै मोडल कुश्मीको चर्चित मोडल बीर कुश्मी र मुकुन्द जिसीसंगै मस्ती गरिएको ‘मस्ती मस्ती’ म्युजिक भिडियो पनि छिट्टै बजारमा आउने जनाईएको छ ।

मोडल कुश्मी गायनसंगै मोडलिङ पनि गर्दै आएकी छन् । उनले मोडलिङ गरिएको प्राय सबै म्युजिक भिडियो र स्वर दिएका सबै गीत संगीत पनि सुपर हिट भएका छन् ।
मोडल कुश्मीको मोडलिङ र स्वर रहेको ‘जालीदार चोलिया’,‘फुलकुमारी’, ‘बिटमारले’, ‘छम्मक..छम्मक’ लगायतका गीत र म्युजिक भिडियो पछिल्लो समय दर्शक स्रोताले खुब मन पराएका छन् ।
सिएस फिल्मस् प्रालिको प्रस्तुती रहेको म्युजिक भिडियोमा राज र अन्जु कुश्मीको स्वर संगै मोडलद्वयको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोका डाईरेक्टर तथा क्यामेरा पर्सन सतिश सिन्हा रहेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.