मन्त्री विना मगरद्वारा छैठौ लालझाडी कप फुटवल प्रतियोगिताको उद्घाटन

बिजेतालाई डेढ लाख र उपबिजेतालाई ७५ हजार नगद पुरस्कार

हेल्लो समाचारदाता

पुनर्वास, १ चैत्र।

कञ्चनपुरको पुनर्वासमा शुक्रवारबाट लालझाडी युवा क्लव ११ को आयोजनामा छैठौ लालझाडी कप फुटवल प्रतियोगिता सुरु भएको छ। शुक्रवार खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

उद्घाटन समारोहमा आयोजक लालझाडी युवा कल्वले साविको वाइसी विचवा गाविस भित्रका खेल मैदानहरु मध्ये विजय माविको खेल मैदानलाई कवड हलको रुपमा स्तरोन्ती गरिनुपर्ने र अन्य मैदानहरुलाई पनी खेलमैदानका रुपमा स्तरोन्ती गनुपर्ने लगाएतका ५ बुद्धे ज्ञापन बुझाएका थिए। ज्ञापन पत्र बुझदै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानिय तहको सरकार सँग सहकार्य गरी माग पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो।

फरक प्रसँङ्गमा वोल्दै मन्त्री मगरले नेकपा सरकारले मात्रै समृद्ध नेपाल निमार्ण गर्न सक्ने दावी गर्नुभयोे। समृद्ध नेपाल निमार्ण गर्न पहिलो बर्ष पिल्लर खडा गरिसकेको बताउदै उहाँले अब निरन्तर बिकास निर्माणका काम अगाढी बढ्ने धारणा ब्यक्त गर्नुभयो।

पुनर्वास नगरपालीका वडा नंम्वर १० स्थित विजय माविको खेलमैदानमा सुरु भएकोे छैठौ लालझाडी कप फुटवल प्रतियोगिता चैत्र १० गते सम्म सञ्चालन हुने छ। यस वर्ष खेलको प्रथम पुरस्कार क्लवका पुर्व सदस्य तथा खेलाडीहरुले प्रायोजन गर्नु भएको छ। प्रतियोगीतामा प्रथम हुने टिमले १ लाख ५० हजार र द्धितिय टिमले ७५ हजार नगद संगै ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष काँशीराम बोहराले वताउनुभयो।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.