“उनी अनि त्यो रात ! र मेरो जिन्दगी”

लेखक :  जि.बि आग्री

मलाई आज पनि याद आउछ त्यो रात जुन रात तिम्रो र मेरो जीवनको अन्तिम भेट थियो !
मलाई अझै सम्झना छ त्यो रात जुन रात तिमीले म प्रतिको माया अनि विश्वासलाई त्यागेर सदाको लागि बिदाइ भएकि थियौ !
अहिले सम्झदा हाँसो लाग्छ मलाई ती तिम्रा कसम अनि बाचा !
साँची तिमी एउटी कशल अभिनेत्री रहेछौ !
थाहै न दिई तिम्रो अभिनयमा कति खेर डुबन पुगेछु !
सायद मेरो मन कोमल थियो वा कम्जोर त्यो थाहा थिएन !
बस यति मात्र थाहा थियो कि म पूर्णरुपमा तिमी भित्र डुबिसकेको रहेछु !
यसरी डुबेको रहेछु ! कि कुनै पण्डुबीले खोज्दा पनि न पाइने गरी !
तेसैले आज पनि मेरो लास खोजिरहेका छ्न मेरा आफन्त र साथीहरु !
अझै भन्ने गर्छन् रे ! पागल हो यार !
त्यो जाबो एउटी केटीको लागि आफ्नो जिन्दगी नै बर्बाद गर्यो ……………हा हा हा
हो मैले मेरो जिन्दगी बर्बाद गरे !
किन कि उ मेरो जिन्दगी थि ! र म उसको हमसफर ! ..सायद उस्ले पनि मैले झै मलाई आफ्नो हम्सफर नभइ जिन्दगी सोचेकि भए !
आज म यसरी गुमनाम हुनु पर्दैन थियो होला !
कास म जिन्दगी नभइ हम्सफर हुन पुगे !
त्यो पनि केही पल र समयको मात्र !
जहाँसम्म मेरो साथ उसलाई आवश्यक थियो त्यहीसम्मको हम्सफर…!
यस्तै हो साथी जीवन कहिले र कहाँनिर गएर रोकिन्न्छ ! कसैलाई पनि थाहा हुदैन ! तर पनि हामी भोलि गरुला पर्सि गरुला वा अर्को वर्ष त सियोर भन्न छोडदैनौ !
यहि झिनो आशा र मनको भरोसामा जिउँदै छौ !
कि केही ! न केही त ! होला.. हो यस्तै होला गरुला भन्दै आशै आसमा मेरो जीवन बित्यो !
न उनी आइन ! न मैले पर्खिन छोडें !
बरु जसलाई मैले पर्खेको थिएन त्यो आइपुग्यो !
तर उनी आइनन् !
म बाध्य भए ऊसँग जान जो मलाई लिन आएको थियो..! तर बिडम्बना उस्ले पनि लिन मानेन ! कस्तो मेरो भाग्य साला लैजा भन्दा पनि लगेन !
रोएँ, कराएँ, गाली गरें तर पनि लिन मानेन !
कस्तो अभागी रहेछु म सायद मैले केही काम पूरा गर्नु थियो होला जो उस्ले मलाई लिन मानेन !
ऊ बोलेन मैले कराउँदा गाली गर्दा !
ऊ आफ्न्नो सुर र समयको गति भन्दा अघि पछि न हट्ने रहेछ !
तेसैले मलाई छोडेर गई !
म बिरक्तीय बौलाहा जस्तै भौतारिएँ !
तर पनि ऊ फर्किएन !
आफ्न्नै सुरमा गइरह्यो !
सायद उसलाई आफ्नो गल्ती महशुस भएछ होला ! कि गलत समयमा इन्ट्री गरेछु ! जस्तो महशुस भएछ क्यारे ! केही न बोली ऊ आफ्नै सुरमा गई !
फेरि फर्केर आउछु पनि भनेन !
मैले सयौ पटक सोधें त कहिले फर्कन्छ्स म यहि कुरेर बस्ने छु भने ! तर उसले सुने नसेको जसरी चुपचाप जवाफ नदिई गई ! म बाध्य भएँ !
अब उ नआउञ्जेल मैले उसको इन्तजार गर्नु पर्ने भो ! मलाई दिक्क लाग्यो आफ्नो जिन्दगीदेखि घृणा लाग्न थाल्यो !
सायद ठीकै भनेका रहेछ्न मेरा आफन्त र मेरा साथीहरुले तँ जिन्दगीमा काम लाग्दैनस् !
हो यही शब्द मेरो मानसपटल र कानमा गुञ्जयमान हुन थाल्यो ! कि तँ काम लाग्दैनस् ! त्यसैले मैले निर्णय लिए तेतिञ्जेलसम्मका लागि ! यो समाज अनि यी मानवरुपि मुखौटाहरुको अगाडि केही न केही गर्नेछु भनेर !
पुनः जिन्दगीलाई जिउँन थाले अब यो जिन्दगी पहिलाको जसरी नभइ ! एक पल एक युग जसरी जिउँने सोंच गरेर आज म हिडिरहेको छु !
कोशिस गर्दै छु कि मेरो नाम यो युग को सुनौलो पानामा लेखियोस् !
जसरी इतिहासका पाना लेखिएका छन् युग पुरुषहरुको त्यसरी नै मेरो नाम कोरियोस् !
अनि म खुसी खुसी फेरि उसलाइ नै कुरिरहेको हुने छु ! जसले मलाई बीचैमा छोडेर गएका थिए ! म उनीलाई नै पर्खेर बस्ने छु जस्ले मेरो जीवनको अर्थ बुझाइ दिएका थिए !
अनि म हाँसी–हाँसी ऊसँगै जानेछु !
नयाँ साइनो लागाउने छु ! मितेरीको अनि अंकमाल गर्दै ऊसँगै जाने छु !
तर यो पटक नबोली होइन बोलेर जाने छु !
किन कि अब ऊ मेरो मीत हो !
अब म हाँस्दै छु किन कि मेरो कर्म सकियो !
मेरो रोल सकियो अब म रुनु पर्दैन !
अब पालो अरुको मेरो ठाउँ खालि छ !
अर्को जन्मिदै छ !
थहा छैन यो पटक उसको भाग्यमा कस्तो नाटक मञ्चन हुदैछ !
थाहा छैन बिचाराले कस्तो रोल निभाउनु पर्ने हो !
तर म खुसी छु किनकि
अब दुनियाँलाई रुवाउने पालो मेरो…..

Facebook Comments
Down to post ads-480-38

Comments are closed.