मुख्यमन्त्री खेलको आज औपचारिक रुपमा उद्घाटन

तेज बोहरा
कैलाली ०१ चैत  ।
धनगढीमा जारी अन्तर प्रदेश मुख्यमन्त्री खेलको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
सुदुरपश्चिम सामाजिक विकास मन्त्रालयको आयोजनामा फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आज शुक्रबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् ।
२९ गतेदेखि सुरु भएको खेलमा दर्शकको उपस्थिति शुन्य थियो त्यस्तै आज औपचारिक उदघाटन कार्यक्रममा पनि दर्शनको उपस्थिति देखिएन ।

धनगढी कबडहल को प्याराफिट्को सबैभन्दा माथिल्लो भागमा नेताहरू बस्न र भाषणको लागि मञ्च तयारी गरिएको थियो ।
धनगढीमा हलक्कै बढेको गर्मी लाई मध्यनजर गरि आयोजकले नेताहरूलाई गर्मी बाट जोगाउन प्याराफिटको माथिल्लो भागमा मन्च तयार गरेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा साथै प्रदेशका मुख्यमन्त्री लाई बोलाइएको थियो, अधिकाङ्श प्रदेशका मन्त्री तथा सासंद हरु आएका थिए । त्यस्तै सुदुरपश्चिम प्रदेशका जम्भो मन्त्रीमण्डलको टोलि सहित प्रदेश सासंदको उपस्थिति थियो ।
सबै नेताहरूले प्याराफिटको माथिल्लो भागबाट भाषण गर्दा मैदानमा दर्शकको संख्या शुन्य थियो । नेताहरुका सुरक्षागार्ड र आसेपासेले मात्रै मन्त्रमा देखिन्थे । प्याराफिटको माथिल्लो भागमा बनाएको मन्चमा नेताहरूको भाषण क्यामेरामा कैद गर्न सन्चारकर्मी हरुलाई हम्मेहम्मे परिरहेको देखिन्थ्यो ।
दर्शकविनै धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश प्रतियोगिताको उद्घाटन गरिएको छ । आवश्यक तयारी पूरा नभई सुरु गरिएको उक्त प्रतियोगिताबारे व्यापक विवाद भएको छ ।
हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ६४४ जना सहभागी हुने भनिएको भएपनि उद्घाटन सत्रमा भने अतिथि र न्युनमात्रामा खेलाडीहरु मात्रै सहभागी भएका छन् ।
प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, पुरुष क्रिकेट, महिला क्रिकेट र व्याडमिन्टन पुरुष र महिला गरी चार खेलहरु खेलाइएको छ ।
फूटबल र क्रिकेटका खेलहरु लिगकम नकआउट प्रणालीबाट सञ्चालन गरिने मन्त्रालयको भनाई छ । प्रतियोगितामा सर्वा्धिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख, द्वितिय प्रदेशलाई ८ लाख तथा तृतीय हुने प्रदेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.