कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लवका तीन जना पक्राउ

हेल्लो समाचारदाता
कैलाली,   ३० 
फागुन ,

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ई-रिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनी बाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरको बीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्ला बाट धनगढी तिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिक बाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधन लाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढी बाट चल्ने सार्वजनिक यातायात भने पूरै  बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.