स्वदेशी लघुवित्त पुनर्वासद्वारा सरसफाई कार्यक्रम

हेल्लो समाचारदाता
पुनर्वास , २९ फागुन  । 
स्वास्थ्यका लागि सरसफाई अभियान भन्दै कञ्चनपुरको पुनर्वास स्थित आई.बी.आर.डी बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
स्वदेशी लघुवित्त वित्तिय संस्था शाखा पुनर्वासको आयोजनामा बुधबार आई.बी.आर.डी बजारक्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
सरसफाई कार्यक्रममा स्वदेशी लधुवित्तका कर्माचारी, स्थानीय बजारबासी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु आदिको उल्लेख्य सहभागिता रहेको थियो ।

बजार क्षेत्र सरसफाई पश्चात सो कार्यक्रम कालिका हाटबजारको हाताभित्र अन्तरकृया कार्यक्रममा परिणत भएको थियो ।
समाजसेवी लक्ष्मी लम्सालको सभाध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा पुनर्वास नगरपालिलकाका नगर प्रमुख जीवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो भने, स्वदेशी लघुवित्त वित्तिय संस्थाका सुदूरपश्चिम प्रदेशका अनुगमन अधिकृत पुष्टबहादुर पाण्डेको विशिष्ट आतिथ्य रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख थापाले फोहोर व्यवस्थापनका लागि अब चाँडै डम्पिङ्ग साईडको व्यवस्था हुने भन्दै सम्पूर्ण वित्तिय संस्थाहरुलाई चर्को व्याज र एउटै व्यक्तिलाई एक भन्दा बढि संस्थामा आवद्ध नगराउन अनुरोध गरेका थिए । उनले एउटै व्यक्तिलाई धेरै समूहमा आबद्ध गराए समाजमा विभिन्न किसिमका अराजकता फैलिने हुँदा बुझेर मात्रै लगानी गर्न आग्रह गरे ।
त्यस्तै अतिथिकै आसनबाट बोल्दै समाजसेवी हरिप्रसाद अधिकारीले सरसफाई गर्नु मेरो कर्तव्य हो भन्ने मनैबाट भावना बोके मात्रै स्वच्छ, सफा नगर बन्ने बताए । त्यस्तै सभाध्यक्षको तर्फबाट बोल्दै समाजसेवी लम्सालले कुनै पनि विकासका लागि सरसफाई आवश्यक पर्ने हुँदा फोहारमैला व्यवस्थापनमा अरुको भर पर्नु भन्दा आफै गर्नु उत्तम हुने बताइन् ।
कार्यक्रममा स्वदेशी लघुवित्त वित्तिय संस्थाले आफूहरुलाई सहज बातावरण बनाई सहयोग गर्नेहरुलाई मायाको चिनो समेत प्रदान गरिएकोे थियो ।

स्वदेशी लघुवित्त वित्तिय संस्था शाखा पुनर्वासले विगतका दिनहरुमा पनि विभिन्न स्वास्थ्य शिविर, सरसफाई जस्ता कार्यक्रमको आयोजना गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरुको आयोजना गर्ने पुनर्वास शाखा प्रमुख हेमराज अवस्थीले जानकारी दिए ।
स्वदेशी लघुवित्त वित्तिय संस्थाका सुदूरपश्चिम प्रदेशका अनुगमन अधिकृत पुष्टबहादुर पाण्डेको स्वागत मन्तव्यसँगै सुरु भएको सो कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय सामाजिक विकास अधिकृत बिकल काफ्लेले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.