धनगढीका ज्योतिष मिश्र दिल्लीमा स्वर्णपदक सहित “ज्योतिष भूषण“ पदवीबाट सम्मानित

लीला खाती
धनगढी, २९ फागुन ।
भारतको दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनबाट धनगढीका चर्चित युवा ज्योतिष खेम मिश्र स्वर्ण पदक सहित “ज्योतिष भूषण“ पदवीबाट बिभुषित भएका छन् ।
लामो समयसम्म ज्योतिष पेशामा आबद्ध भै शास्त्र, बेद तथा वैज्ञानिक ढंगले फलित गरी ज्योतिषी पेशाको गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाएको भन्दै ज्योतिष मिश्रलाई सम्मान गरिएको हो ।
नेपाल र भारतसहित २१ देशका ज्योतिषहरु सहभागी अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा धनगढीका अर्का ज्योतिष मनिराम जोशी समेत लामो समयसम्म ज्योतिष पेशामा आवद्ध भएको भन्दै स्वर्ण पदकसहित ‘ज्योतिष ज्ञानाचार्य’ पदवीबाट बिभुषित भएका छन् ।
प्रोफेसर डा. रामकृष्ण शास्त्री, प्रोफेसर डा. डोला आचार्य लगायतका धर्मगुरुहरुद्वारा ज्योषिय विद्यामा राम्रो छवि कायमसँगै लोकप्रियता कायम गरेका ज्योतिष मिश्र र जोशी स्वर्ण पदकसहित “ज्योतिष भूषण“ र ‘ज्योतिष ज्ञानाचार्य’ पदवीबाट बिभुषित भएका हुन् ।

सम्मानित हुँदै ज्योतिष मिश्रले ज्योतिषशास्त्र वेदको आँखा भएकोले हाम्रो दैनिक जीवनचर्चा ज्योतिषशास्त्रमा निहित रहेको बताए ।
मिश्रले मानिसको दैनिक जीवन सवल र सुखमय बनाउन ज्योतिषशास्त्रको अहम् भूमिका रहने उल्लेख गर्दै ज्योतिष पेशालाई सम्मानित बनाउनुपर्ने, आधुनिक प्रविधिको प्रयोगबाट विकास गर्नुपर्ने बताए ।
युवा उमेरमै ज्योतिष पेशा अंगालेर यसमा रमाइरहेका ज्योतिष मिश्रका अनुसार यो सम्मानले यो क्षेत्रमा लाग्न थप उर्जा मिलेको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.