सहिद गोविन्द गौतमको स्मृति दिवस

‘सीमाको समस्या समाधान चुनाव जित्ने एजेण्डा मात्र ।’ संयोजक गैरे

हेल्लो समाचारदाता
पुनर्वास, २७ फागुन ।

ॐ टोल सुधार समितिद्वारा श्रद्धाञ्जली सभा


कञ्चनपुरको आनन्द वजार स्थित नेपाली भुमीमा वनाइएको कल्भर्टको विवादमा सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको स्मृतीमा आईतबार ओम टोल सुधार समितिले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
देशको सीमा रक्षार्थ भारतीय एसएसबीले हानेको गोली लागि मृत्यु भएका शहीद गोविन्द गौतमको फोटोमा माल्र्यापण गर्दै समितिका अध्यक्ष नवराज लामिछानेले सहिद आत्मको चीर शान्तिको कामना गरे । फागुन २६ को त्यो कालो दिनलाई सम्झिदै उनले भने यस्तो घटना पुनः नदोहोरियोस् ।
यसरी नै शहीद गोबिन्द गौतमलाई सम्झेर भावुक बन्दै कालिका बजार ब्यबस्थापन समितिका अध्यक्ष मुरली सुनारले सीमा रक्षाका लागि आफ्नो प्राणको आहुती दिने महान सहिदलाई सबै नेपालीले श्रद्धाले सम्झनु पर्ने बताए ।
श्रद्धाञ्जलीकै क्रममा स्थानी बुद्धिजिबी हरि लम्सालले राज्यले सहिद परिवारलाई बाँडेको आश्वासनका पुलिन्दाहरु ब्यबहारमा लागू नभएको तिक्तता ब्यक्त गरे ।
स्थानीय अर्का बुद्धिजिबी तारा गिरीले सहिद गोबिन्द गौतमको योगदानलाई राज्यले उचित मूल्याङकन गर्न नसक्नु निक्कै दुखदायक भएको बताए ।
पुनर्वास नगरपालिका ३, आई.बी.आर.डी. स्थित सहिद गेटमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित अधिकांश बक्ताहरुले सीमा रक्षार्थ सहदात प्राप्त गोबिन्द गौतमको योगदानलाई ब्यर्थै खेर जान नदिन सम्बन्धित सरोकारवालाहरुसँग आग्रह गरेका थिए ।
समितिका सचिब रामसिंह बडुवालले सञ्चालन गरेको सो श्रद्धाञ्जली सभामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले सहिद गौतमको नाममा सालिक निर्माण गर्ने


कञ्चनपुरको नेपाल–भारत सीमाको पुनर्वासमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागि निधन भएका गोविन्द गौतमको सम्झनामा प्रदेश सरकारले सालिक निर्माण गर्ने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ६ मा पर्ने आनन्द बजार नजिक सहिद गौतमको सालिक बनाइने सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।
पुनर्वास नगरपालिकाले आयोजना गरेको दोश्रो गौतम स्मृति दिवसको अवसरमा सो कुरा बताएका हुन् । मन्त्री सुवेदीले सहिद गौतमको फोटोमा माल्यार्पण गर्दै बर्दीबिनाका सीमाका सिपाहीको सुरक्षाका लागि प्रदेश सरकार सधैं तयार रहेको समेत बताए । त्यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङले सहिदको सपना साकार पार्न तदअनुकूल सरकारले काम गर्नुपर्ने औंल्याए । सीमा सुरक्षाका लागि लड्ने गोविन्द गौतमको स्मृतिमा सहिद पार्क निर्माणको माग समेत उनले गरे ।
पुनर्वास नगरप्रमुख जीवनराज थापाले कार्यक्रममा सहिद गौतमका आमाबुबालाई दोसल्ला र नगदले सम्मान गरिएको छ भने तीनै छोरीलाई वार्षिक १० हजार दिनेसमेत घोषणा गरे ।
स्मृतीमा रक्तदान


कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित लालझाडी युवा क्लबको आयोजनामा आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुनर्वासका सहिद गोबिन्द गौतमको दोश्रो स्मृती दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
पुनर्वास नगरपालिका ११ राष्ट्रिय मा.वि. अमरबस्तीको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी साबिक बाईसी बिचवा उपशाखाको सहयोगमा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष काशिराम बोहराले जानकारी गराए ।
स्मृतिमा काँग्रेसकोे श्रद्धाञ्जली


भारतीय एसएसबीले हानेको गोलिबाट सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको दोस्रो स्मृतिमा नेपाली काँग्रेसले श्रद्धाञ्जली आयोजना गरेको छ ।
सहिद गौतमलाई गोलि हानिएको स्थान भन्दा अलि वर गोविन्द बजारमा काँग्रेस पुनर्वास नगर समितिले श्रद्धाञ्जली सभाको आयोजना गरी दोश्रो स्मृती दिवस मनाएको छ ।
सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पूर्व सांसद दिवानसिंह बिष्टले भने देशको सीमा रक्षा गर्न हतियारधारी भारतीय सेनासँग लडाइँ लड्दै गर्दा सहिद बनेका गोविन्द गौतमको सम्मान गर्न सरकारले बेवास्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता बिष्टले भने ‘आजको दिन देशको सीमा रक्षा गर्न प्राणको आहुती दिने बिरांगाना गोविन्दले सहादत प्राप्त गरेको दिन हो आजको दिनलाई केन्द्र र प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गर्नु पर्दथ्यो तर गरेन ।’ ‘दुई वर्ष अघि सहिद गौतमको परिवारलाई रोजगारी दिने बारे सर्वदलिय सहमती बनेको भए पनि प्रदेश सरकार र स्थानीय सरकारले अहिलेसम्म कार्यान्वयन गरेको छैन । नेता बिष्टले बर्तमान राजनीतिक घटनाक्रम प्रति व्यंग्य गर्दै भने ‘देशलाई बिखण्डनको माग राखेर देशद्रोहको आरोप लागेका सिके राउतको मायाजालमा फसेको कम्युनिष्ट सरकारले देशको सीमा रक्षाका लागि प्राणको आहुती दिएका सहिद गौतमको बलिदानी कुल्चेको छ ।’ उनले भने प्रधानमन्त्री ओली जिको राष्ट्रवाद छताछुल्ल भएको छ ।’
श्रद्धाञ्जली सभाका बिशिस्ट अतिथि रहेका काँग्रेसका अर्का नेता गोपाल गुरुङले भने ‘देशको सीमा रक्षा गर्दै गर्दा प्राणको आहुती दिने सहिद गौतम प्रति सरकारले न्याय दिन सकेको छैन ।’ नेता गुरुङले भने अन्तर्राष्ट्रिय मर्यादाको बर्खिलाप गर्दै गोविन्द माथी गोलि हान्ने भारतीय एसएसबीमाथी कार्वाही गराउन सरकारले पहल गरेन ।’ सहिद प्रति आश्रित परिवारलाई रोजगारी दिन सरकारले बेवास्ता गरेको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै तत्कालीन सीमा संघर्ष समितिका संयोजक चन्द्रमणी गैरेले खुकुरीको धारमा आफ्ना घाटीहरु ददारेर सीमा सुरक्षा गर्नेहरुप्रति राज्यले देखाएको उदाशिनताले देशभक्त नेपालीहरुको मनमुटुलाई चिथोरिरहेको बताए । ‘तत्कालीन समयमा जनतासँग बाँडेका आश्वासनहरु केबल आश्वासनमै सीमित रहनु निक्कै निन्दनीय छ ।’ उनले भने–‘सीमाको समस्या समाधान चुनाव जित्ने एजेण्डा मात्र भए ।’ ‘तत्कालीन समयमा सीमाका लागि भनी मरिहत्ते गर्ने देशभक्तहरुलाई समेत स्थानीय सरकारले नै उचित मूल्याङ्कन गर्न सकेको छैन भने झन् केन्द्रीय सरकारको त के कुरा ।’ उनले भने ‘राम्रो गर्नेहरुलाई कमसेकम राम्रो त भनिदिनोस् ।’
नेपाली काँग्रेस पुनर्वास नगर कमिटीका सभापति यमप्रसाद पौडेलको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव लोकबहादुर कार्कीले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.