सुदूरपश्चिम साइकल यात्रा–२०७५ को आरम्भ धनगढीबाट

विश्वचर्चित पुष्कर शाहलगायत देशभरका ५० जना पेशेवर साईकलयात्रीको सहभागिता

पार्वती सापकोटा
धनगढी, २३ फागुन ।
युथ स्पोर्ट क्लब धनगढीद्वारा आयोजित सुदूरपश्चिम साइकल यात्रा–२०७५ को आरम्भ बिधिवतरुपमा धनगढी शहरबाट भएको छ ।
धनगढीको फनसिटी पुरानो भन्सार रोडबाट आरम्भ भएको साइकल यात्रा एयरक्राफ्ट म्युजियम, नैनादेवी, जाखौरताल लगायत बिभिन्न पर्यटकीय स्थलहरुमा बिहीबार गरिएको हो ।
विश्वचर्चित साइकलयात्री पुष्कर शाहसमेतको सहभागिता रहेको सो साइकल यात्रा यही फागुन २३, २४ र २५ गतेसम्म सुदूरपश्चिमको बिभिन्न पर्यटकीय क्षेत्रहरुमा रहने आयोजकले जनाएको छ ।
२४ गते साइकल यात्राको आरम्भ बिहान ७ः०० बजे धनगढीको कबर्डहलदेखि कञ्चनपुरको भम्केनी धाम, लिङ्गा, दोदोधरा झोलुङ्गो पुल र शुक्लाफाँटाकोसमेत यात्रा गरिने युथ स्पोर्ट क्लब धनगढीका महासचिब पदमबिक्रम सिंहले जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सुदूरपश्चिमको पर्यटनलाई प्रबद्र्धन गर्न सुदूरपश्चिम साइकल यात्रा–२०७५ मा हेटौडा, लुम्बिनी, पोखरा, दाङ, बुटवल, नेपालगञ्ज लगायत देशभरका ५० जना पेशेवर साईकल यात्रीहरु र ५० जना स्वच्छिक साईकल यात्रीहरुको सहभागिता रहने महासचिब सिंहले जानकारी दिए ।
कैलालीका पर्यटन ब्यबसायीहरुले साइकल यात्राको माध्यमबाट यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास राख्दै आयोजना गरेको सुदूरपश्चिम साइकल यात्रा–२०७५ मा साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.