धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा ! यसो भन्छन डा. ओम मूर्ति

काठमाडौ । रिस उठ्नु एक स्वस्थ्य र अस्वस्थ्य दुवै मानिसहरुको लागी खतरा हो । किनभने रिसले तपाई , परिवार , समाज र काममा समेत ठुलो समस्या निम्त्याउछ । त्यसैगरी स्वास्थ्यको दृष्टिकोणले मतिष्क र मुटुमा असर पर्ने भएकाले हृदयघातको खतरा हुन्छ । आज हामी तपाईलाई कसरी धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा हुन्छ भन्ने विषयमा कुरा गदै छौ । डा. ओम मूर्ति अनुसार रिसले स्वास्थ्यमा धेरै बेफाइदा पुयाउने बताउछन् । किनभने उनको जीवनमा रिसले पारेको नकरात्मक प्रभावको बारेमा आफ्नो सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका छन् ।

दुईवर्ष अघिको कुरा हो । मेरो अस्पतालमा एक व्यक्तिसँग ठुलो भनाभनको क्रममा केही अप्रिय शब्दहरु पनि प्रयोग भयो । त्यसपछि उनी धेरै रिसाए । यो विवादपछि उनी आफ्नो गाडीमा घर फर्कदै थिए त्यसबेला उनको देब्रेछातीमा असहज महसुस भयो । त्यसपछि उनले रिसले मुटुमा कस्तो असर पर्छ भन्ने विषयमा रिर्सच गरे ।

त्यसपछि उनले सन् २०१५ मा प्रकाशित एक रिसर्चमा ध्यान दिए । यो रिसर्चमा ‘रिस उठेको व्यक्तिमा हृदयघात र मस्तिष्कघातको खतरा दुई देखि तीन गुणासम्म बढी हुने देखाएको थियो ।

त्यसैगरी सन् २००६ देखि २०१२ सम्म अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा त्यहाँको नागरिकलाई हृदयघात हुनुभन्दा २४ घण्टा पहिले रिस उठेको पत्ता लागेको थियो । जसमा २.२ प्रतिशत व्यक्तिले हृदयघात हुनुभन्दा पहिला एकदमै धेरै रिस उठेको बताए ।

उक्त अध्ययन अनुसार रिस नउठेको व्यक्तिभन्दा रिस उठेको व्यक्तिमा ८ गुणा हृदयघात खतरा बढी हुन्छ । परिवारसँग रिस उठ्दा २९ प्रतिशत हृदयघात भएको र काम गर्ने ठाउँमा, गाढी चलाउँदा, ट्राफिक जाममा पर्दा रिस उठेर धेरैलाई हृदयघात भएको अनुसन्धानमा पत्ता लगेको छ । रिसले मुख्यतया मानिसहरुको मतिष्क ,फोक्सो र मुटु असर पार्दछ । त्यसैले मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर र औषधी खाने व्यक्तिहरुले आफ्नो रिसलाई नियन्त्रण गर्नुपर्दछ । यदि रिसको नियन्त्रण नभएमा हृदयघातको खतरा हुन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.