पुनर्वासमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता आजबाट सुरु

बझाङ बाहेक सुदुरपश्चिमका आठ ओटा जिल्लाको प्रतियोगितामा सहभागिता

हेल्लो समाचारदाता
फागुन ७,पुनर्वास–कञ्चनपुरको पुनर्वासमा सुदुरपश्चिम प्रदेशस्तरीय महिला कबड्डी छनौट प्रतियोगिता सुरु भएको छ ।
सुदुरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पुनर्वास नगरपालिका–३,स्थित निकट पैसट्टी बिघामा आज मंगलबारबाट सुरु भएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना गरिएको प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा बझाङ बाहेक सुदुरपश्चिमका ८ जिल्लाले सहभागिता जनाएका छन । आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला कबड्डी प्रतियोगिता फागुन ०७ गते देखि ९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीयदलका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकार खेल र खेलाडीको विकासमा कटिबद्ध रहेको बताउनुभयो । उहाँले खेलाडीले सम्मानपुर्ण तरिकाले खेल्न पाउनुपर्ने तथा खेलाडीको सम्मानपुर्ण जीवनयापनको लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापाले खेलकुद विकासमा पुनर्वास नगरपालिका सदैव अग्रसर रहेको बताउनुभयो । उहाँले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभएर ठाँउ, प्रदेश र देशकै नाम उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा खेलकुदको विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर चन्द, अछाम जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्र सिंह, कबड्डी खेलका मुख्य प्रशिक्षक तारासिंह भाट, जिल्ला खेलकुद विकास समितिका विभिन्न पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.