‘भ्यालेनटाइन डे’ को क्रेज र नेपाली युवा

“आफन्तका बातले नमान्नेहरु पराइका लातले सुध्रिन्छन्”

एउटा सानो नौ वर्षे बालक आफ्नो शिक्षकसँग प्रश्न गर्छ, “यो भ्यालेन्टाइन डे भनेको के हो ? ” शिक्षक टाउँको कन्याउँछन् । आजकल पत्र–पत्रिका, रेडियो, टी.भी. लगायत अन्य आम सञ्चारका साधनदेखि लिएर सामाजिक सञ्जालमा समेत यसैको निकै चर्चा पाइन्छ । यसरी हरेकतिरबाट बालकदेखि बृद्धसम्मलाई भ्यालेन्टाइन डे को नशापान गराउँदै छ । सञ्चारका साधनहरुले भ्यालेन्टाइन डे को प्रचार हेर्दा लाग्छ, मानौं कुनै उत्पादित बस्तु बिकाउन जोडतोडले प्रचार गर्दैछ । यस्तो अवस्थामा बाल मस्तिष्कमा यस्को सोझो प्रभाब पर्नु स्वभाबिक नै हो । सञ्चार माध्यमहरुले भ्यालेन्टाइन डे को प्रचार गरिरहेका छन् । यो प्रेम दिवस हो भनेर डंका फुकिरहेका छन् । ‘युरोपको कुनै पादरीले विवाह गराउनको निम्ति राजासँग बैरभाव गरे जस्को कारणले उनले मृत्युदण्डको सजायँ पाए । उनकै सम्झनामा यो दिनलाई प्रेम वा प्रणय दिवसको रुपमा मनाउँने प्रचलन शुरु भएको पाइन्छ ।’ जस्लाई बिस्तारै हाम्रा नयाँ पुस्ताहरुले पनि केही वर्ष यताबाट अनुकरण गरिरहेका छन् ।

रञ्जित लामा
धनगढी, कैलाली

केहि दिन अघिमात्रै क्रिसमसको शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु रंगिएका थिए । फेरि इश्वी सम्वत्को नयाँ वर्ष आगमनको पूर्व संध्यादेखि नै सामाजिक सञ्जालका भित्ताहरु शुभकामना आदान–प्रदानका झिलिमिली तस्विर र सन्देशहरुले रंगिएको देखियो । तर बैशाख १ को रौनकता जति हुनु पर्ने थियो त्यति देखिएन, किन ? आमाको मुख हेर्ने दिन÷ माता तीर्थ औंसी, बुबाको मुख हेर्ने दिन के भेलेन्टाइन डेको रौनकतालाई यसले परास्त गर्न सक्ला त ? हुन त भ्यालेनटाइन डे र आमा र बुबाको मुख हेर्ने दिनको आ–आफ्नै महत्व र गरिमा भएपनि आफ्नो र पराईको भेद बुझ्न नसक्नु किमार्थ राम्रो होइन । जुन युवा वर्गमा बढि देखिन्छ । सूचना प्रविधिको तीव्र विकासले विश्वलाई एउटा सानो गाउँको रुपमा बदलिदिएकाले विश्वका जुनसुकै कुनामा मनाइने चाडपर्व, संस्कृति र लवाइ खवाइ पनि विश्वभरीका जनता माझ अब अपरिचित र नौलो नहुने भएको छ । त्यसैगरि यातायातको विकासले पनि अब केहि घण्टा भित्रै विश्वभरी सजिलै आवतजावत गर्न सम्भव भएकाले पनि मानिसले एक अर्काको संस्कृति जान्ने र बुझ्ने मौका पाएका छन् । मानवीय स्वभाव एक अर्काको सिको वा नक्कल गर्ने भएकाले नेपाली समाजमा पछिल्लो वर्ष बिदेशी संस्कृति र पर्बहरु नेपाली जनजिब्रोमा सहजै झुण्डिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा वैदेशिक रोजगारी, अध्ययनको शिलशिलामा विदेशिने चलनले पनि यसलाई थप मद्दत गरेको छ । यसरी विदेशी संस्कृति नेपालमा भित्रिरहेको वर्तमान सन्दर्भमा कतिपय संस्कृतिविदहरुले यसलाई नेपाली संस्कृतिमाथि अतिक्रमण भईरहेको तर्क प्रस्तुत गर्दछन् । र नेपाली संस्कृतिको अस्तित्व मेटिने खतरा रहेको बताउछन् । भने कतिपय विद्वानले विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा यसलाई स्वाभाविक मान्दछन् र यसबाट नेपाली संस्कृति थप परिस्कृत हुदैँ जाने तर्क गर्दछन् ।

देश दिन–प्रतिदिन बर्बादितिर लम्कदै छ । नेपाली सीमाहरु मिचिदै छन् । नेपाली सनातन धर्म लोप हुँदैछ । नक्कली लुम्बिनीहरु भारततिर बनेको छ । सगरमाथाको उत्तरी पाटोमा चीनले दाबी गर्दैछ । यस्तो अवस्थामा नेपाली युवाहरु भ्यालेन्टाइन डेमा मस्त हुनु कत्तिको उपयुक्त हुन्छ ? राम्रो कुरा र सही विचारको अनुकरण हुनु नराम्रो कुरा हैन । अवश्य पनि हुनु पर्दछ । के हाम्रा देशका गौतम बुद्धले जिन्दगी भरी प्रेम र अहिंसाको सन्देश दिएर करोडौ मानिसलाई दीक्षित गरेनन् ? जुन आजसम्म पनि अक्षरांश अनुकरणीय छ । तर बैशाख पूर्णिमा र बुद्ध जयन्तीको क्रेज सञ्चार माध्यममा यत्तिकै देखिन्छ त ? दशैं, तिहार, तीज, आमाको मुख हेर्नै दिन, बुवाको मुख हेर्ने दिन, होली पर्ब, ल्होसार पर्ब के यी सबै प्रेम र मिलनका प्रतीक हैनन् र ? के यस्को क्रेज सञ्चार माध्यमहरुमा यत्तीकै हुनु जरुरी छैनन् र ?

माथि प्रस्तुत तर्कहरु आ–आफ्नो ठाउँमा दुवै सहि हुन सक्छन् । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपालमा वर्तमानमा जुन प्रकारले विदेशी संस्कृतिको प्रचार–प्रसार भएको छ र हाम्रो दैनिक जीवनमा जसरी हामीले अवलम्वन गरिरहेका छौं, त्यसरी हाम्रो नेपाली चाडपर्व र संस्कृति पनि विश्वका अन्य भागमा बस्ने विदेशीहरुले पनि मनाईरहेका वा अवलम्वन गरिरहेका छन् त ? विश्वव्यापीकरणको कारणले अन्य देशको संस्कृतिको प्रचार जसरी भएको छ, के नेपाली संस्कृतिको पनि प्रचार–प्रसार भईरहेको छ त ? हाम्रै अकर्मण्यताकै कारणले नेपाली संस्कृतिको व्यापकता र उत्थान नभएको तथा हाम्रो नयाँ पिढीहरु पथभ्रष्ट हुदै क्रमशः विदेशी संस्कृतिको नक्कल गरिरहेको तथ्यले निश्चित रुपमा हरेक स्वाभिमानी नेपालीलाई एकचोटी भित्रैदेखि कोपर्छ, र सवै नेपालीलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउँछ । जसरी हरियो रङ र रातो चुच्चा भएको कारणले चराको हजारौँ प्रजाती बीच पनि सुगाको छुटै पहिचान र विशेषता छ । यदि सुगाले कालो रङ ग्रहण गरे त्यसलाई कसले सुगा भन्ला र ? त्यसै गरि हामी नेपालीले पनि अरुको संस्कृति नक्कल गरे कसले हामीलाई नेपाली भन्ला ? अरुको संस्कृतिको नक्कल गरेर आफ्नो मौलिक पहिचान गुमाउनु भन्दा आफ्नो संस्कृतिलाई माया गर्न सिकौं ।

हामी बिदेशीको नक्कल गर्छाै । उनीहरुको चाड पर्बको नक्कल गर्छाै । हामी नाङ्गा संस्कृतिलाई बढावा दिन्छौं तर नेपाली युवाहरुले के भुल्नु हुँदैन भने युरोप र अमेरिकाका मानिसहरुले सर्बाधिक नयाँ र नौलो काम गरी विश्वलाई बदलिएका छन् । एउटै परीवारका सदस्यहरुले ४÷५ वटा नोबेल पुरुस्कार प्रप्त गरेका छन् । उनीहरुको मेहनत र लगनशीलताको विश्वले नै मुक्त कण्ठले प्रशंसा गर्दछ । तर अध्ययन् र मेहनतलाई दोश्रो प्राथमिकतामा राख्ने र मोजमज्जालाई पहिलो प्राथमिकतामा राख्ने नेपाली युवा बर्गले आजको समयमा आउँदा भ्यालेन्टाइन डेमा भन्दा अन्य कुरामा ध्यान दिनु कत्तिको उपयुक्त हुन्छ ? देश दिन–प्रतिदिन बर्बादितिर लम्कदै छ । नेपाली सीमाहरु मिचिदै छन् । नेपाली सनातन धर्म लोप हुँदैछ । नक्कली लुम्बिनीहरु भारततिर बनेको छ । सगरमाथाको उत्तरी पाटोमा चीनले दाबी गर्दैछ । यस्तो अवस्थामा नेपाली युवाहरु भ्यालेन्टाइन डेमा मस्त हुनु कत्तिको उपयुक्त हुन्छ ? राम्रो कुरा र सही विचारको अनुकरण हुनु नराम्रो कुरा हैन । अवश्य पनि हुनु पर्दछ । के हाम्रा देशका गौतम बुद्धले जिन्दगी भरी प्रेम र अहिंसाको सन्देश दिएर करोडौ मानिसलाई दीक्षित गरेनन् ? जुन आजसम्म पनि अक्षरांश अनुकरणीय छ । तर बैशाख पूर्णिमा र बुद्ध जयन्तीको क्रेज सञ्चार माध्यममा यत्तिकै देखिन्छ त ? दशैं, तिहार, तीज, आमाको मुख हेर्नै दिन, बुवाको मुख हेर्ने दिन, होली पर्ब, ल्होसार पर्ब के यी सबै प्रेम र मिलनका प्रतीक हैनन् र ? के यस्को क्रेज सञ्चार माध्यमहरुमा यत्तीकै हुनु जरुरी छैनन् र ? विचारणीय कुरा छ । “आफन्तका बातले नमान्नेहरु पराइका लातले सुध्रिन्छन्” भन्ने कथनलाई मनन गर्दै आफ्नो संस्कार र संस्कृतिप्रति बफादार हुन सबै नेपालीलाई हृदयदेखि मेरो अनुरोध छ ! म मनबाट लेख्ने मान्छे हुँ, भूल भए माफी चाहन्छु ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.