सरस्वती पुजाको तयारी गर्दा कैलालीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु

हेल्लो समाचारदाता

माघ २६ सुखड–कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नं. २ मा रहेको दशरथ मा.बि.का शिक्षक २३ बर्षिया हुकुम जैशी भएको बताईएको छ । सरस्वती पुजाको तयारीका लागी हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार लाई छोए पछी करेन्ट लागेको थियो । उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.