कञ्चनपुरको पुनर्वासमा नेपालकै पहिलो धार्मिक कार्यक्रम हुँदैे

हेल्लो समाचारदाता
माघ २६,पुनर्वास–कञ्चनपुरको पुनर्वासमा “ विराट देशव्यापी, राष्ट्रशान्ति , विश्वकल्याण श्री भगवद् नाम सेवा भक्ति अनुष्ठान ”, “अष्टोत्तरशत (१०८) श्रीमद्भागवत महापुराण पारायण एवं अन्तर्रा्ष्ट्रिय विद्वत सन्त ब्रह्म धर्म सभा ” हुने भएको छ ।

पुनर्वास नगरपालिका–८ पृथ्वी बस्ती क–गाँउ स्थित श्रीनिवास दिव्य धाम को प्राङ्गणमा फागुन २० गतेबाट सुरु हुन लागेको हो ।
सर्वेश्वर परमात्मा भगवान श्रीनिवास वेङ्कटेश्वर प्रभुका असिम अनुकम्पाद्वारा हुन लागेको सो धार्मिक कार्यक्रम बैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जानकारी दिनुभयो ।

साथै सो कार्यक्रमका लागि हाल आवश्यक यज्ञमण्डप एवं अन्य कुटिहरू निर्माण कार्य भईरहेको हुँदा ईच्छुक धर्मप्रेमी, श्रद्धालु भक्तजनको यथाशक्य तन, मन र धनको सहयोगको अपेक्षाका साथ कार्यक्रममा उपस्थितिका लागि आयोजक समितिद्वारा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई हार्दिक निमन्त्रणा पनि गरेका छन ।
सर्वेश्वर परमात्मा भगवान श्रीनिवास वेङ्कटेश्वर प्रभुको नाममा रहेको १ बिघा १६ कट्ठामा सो धार्मिक अनुष्ठान हुन लागेको हो । अनुष्ठानमा एक करोडको सम्म खर्च लाग्ने अनुमान रहेको हुँदा ईच्छुक धर्मप्रेमी, श्रद्धालु भक्तजनहरुले आ–आफ्नो क्षेत्रबाट भगवानका लागि सक्ने सहयोग गरि सो अनुष्ठानलाई भव्य रुपमा सम्पन्न गराउन सबैको तन, मन र धनको आवश्यक्ता रहेको आयोजकले बताउनुभयो ।
कार्यक्रम यहि फाल्गुन २० गते हिन्दुहरूको पावन पर्व श्री महाशिवरात्रीका शुभ मुहुर्तदेखि सुरू भई २०७६ वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।
सो अनुष्ठान समापन पश्चात तत्कालै सोहि भुमिमा श्री स्वामि गोबिन्दाचार्यज्यूको सत् संकल्पमा करोडौको लागतमा श्री निवास दिब्यधाम निर्माण हुन लागेकोले आर्थिक सहयोग गर्न ईच्छुक महानुभावहरुका लागि NIC ASIA  बैंकको पुनर्वास शाखामा  J041000239852402  नम्बर खाता रहेको समेत आयोजक समितिले जानकारी दिनुभयो ।

 

Facebook Comments
ads-480-38

Comments are closed.