भूपू सैनिक संघको अध्य्क्षमा सुबेदार मेजर तामाङ
![](https://www.hellopunarwas.com/wp-content/uploads/2019/02/received_2228273740568092-2-750x430.jpeg)
किशोर तामाङ
पुनर्वास, २६ माघ ।
कञ्चनपुरको पुनर्वासमा शुक्रबार बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँ पालिकामा रहेका भारतीय भुपू सैनिकहरुको सामुहिक भेला सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिकाको आई.बी. आर.डी. बजारको हाटबजारमा बसेको भेलाले भारतीय भुपू सैनिक संघको नयाँ कार्य समिति चयन गरेको छ ।
क्याप्टेन ईश्वरबहादुर थापाको सभापतित्व र क्याप्टेन ओम बहादुर राना मगरको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा विशेष अतिथिमा क्याप्टेन सुरेन्द्र गुरूङ रहेका थिए ।
भेलाले पुरानो समिति विघटन गरी नयाँ समिति चयन गरेको हो । जसमा अध्यक्षमा सेवा निवृत्त सुबेदार मेजर मानबहादुर तामाङ, उपाध्यक्षमा रघुवीर चन्द, सचिवमा रामप्रसाद सिग्देल, सहसचिबमा शेरबहादुर मगर र कोषाध्यक्षमा जीतबहादुर तामाङलाई चयन गरेको छ । यसरी नै सल्लाहकारमा क्याप्टेन ओमबहादुर राना मगर, ईश्वरबहादुर थापा, सुरेन्द्र गुरुङ, सुबेदार गणेश चन्द, रामबहादुर तामाङ र नयाव सुवेदर उदव चन्दलाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरु भने आउने बैठकमा टुङ्गो लाग्ने समितिले जनाएको छ ।
करिव एक सय पचास भारतीय सेवा निवृत्त सैनिकहरुको भेलाले आफुहरुले आफनो पूरै जीवन भारतको अस्मिता बचाउँन आफनो ज्यानको प्रवाह नगरी ब्यतित गरेको कहालीलाग्दो अतीतलाई सम्झिदै अब आफनो मातृभुमीप्रति पनि आफुहरुको उत्तरदायित्व रहेको बताए। हाल सेवा निवृत्त हुँदा आफ्नो राष्ट्र र राष्ट्रियताको लागि केहि योगदान पुरयाउनु पर्ने अधिकांश सहभागीहरुले बताए । सम्पूर्ण भुपू सैनिकहरुलाई संगठित गराई समाज र देशको लागि योगदान पुरयाउनु आफुहरुको उद्धेश्य रहेको नवनिर्वाचित अध्यक्ष सुबेदार मेजर तामाङले जिकिर गरे ।
भारत सरकारबाट भुपू सैनिकका लागि उपलब्ध हुने सहयोगले विशेष योजना बनाई केही हदसम्म नेपाल आमाको आशु पुछ्ने र आफुमाथिको राष्ट्रियताको ॠण चुक्ता गर्ने अवसर प्राप्त हुने कोषाध्यक्ष जीतबहादुर तामाङले बताए ।
रघुवीर चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रामप्रसाद सिग्देलले सञ्चालन गरेका थिए ।
Comments are closed.