विद्युत लोडसेडिङको मारमा पुनर्वास–बेलौरी

हरिलाल जोशी
कंचनपुर, २६ माघ ।

कंचनपुरको पुनर्वास–बेलौरीमा सामान्य मौषम परिवर्तन हुँदा पनि विद्युत लोड–सेडिङ हुने गरेको छ ।
जिल्लाका अधिकाश ठाउँहरुमा बिजुली सुचारु हुँदा पनि कञ्चनपुरको दक्षिणी क्षेत्रमा भने लोडसेडिङ नै हुन्छ ।
बिजुलीको बिल तिर्न एक दिन ढिलो गए नेपाल बिद्युत प्राधिकरणले जरिवाना गर्ने गर्छ । तर यस क्षेत्रका जनताहरुले सुखसँग बिजुलीको उपभोग समेत गर्न नपाएको स्थानीयको गुनासो छ। जुन समयमा बत्तिको अति आवश्यक हुन्छ त्यहि समयमा लोडसेडिङ हुने गरेको पुनर्वास नगरपालिका–४ का समाजसेवी चन्द्रमणी गैरैले बताए ।
“यस क्षेत्रमा दिनभरिमा पटक–पटक बत्ति आउने जाने क्रम चलिरहेको हुन्छ ।” उनले भने “बत्तिको समस्याका कारण स्थानियहरुले कुटानी पिसानी समेत समयमा गर्न पाएका छैनन् ।” बत्तीको आसमा दिनभर अरु काम छोडेर एउटै काममा पर्खेर बस्नुपर्ने अवस्था छ पुनपा–५ का स्थानिय युवा रामराज जोशीले बताए ।
“बिद्युत आउने जाने क्रमले यस क्षेत्रमा रहेका विभिन्न संघ–संस्था तथा कार्यालयहरुको कामकाजसमेत ठप्प भएका छन् ।” उनले भने “सामान्य मौसम बदलिमा पनि दिनभर बत्ति जानू पुनर्वास बेलौरीको विद्युत प्राधिकरणको विशेषता नै हो ।”
यतिखेर कंचनपुरको दक्षिणी क्षेत्रका जनताहरु अन्धकारमा दिन बिताउन बाध्य छन् ।
पुनर्वास–बेलौरीमा बारम्बार विद्युत आउने जाने क्रम हुनुको कारण के हो भनेर बेलौरी वितरण केन्द्रका प्रमुख सुनिल शाहलाई सोध्दा उहाँले घाम र पानीका कारण बिद्युतमा ईन्फेक्सन हुने हुँदा लोडसेडिङ हुने गरेको बताए । विद्युत समस्या तुरुन्त पत्ता नलाग्ने त्यसका लागि प्रत्येक पोलको अवस्था हेरेर मात्रै समस्याको समाधान हुने हुँदा आफूहरुलाई बिद्युत प्रवाह गराउनमा ढिलो हुने बताए ।
सरकारले विद्युत महशूलमा चर्काे ब्याज लिने तर आफ्नो जिम्मेबारीबाट भने सात कोस पर भाग्ने सरकारदेखि स्थानीयको ठूलो गुनासो छ । पटक–पटक विद्युतको समस्या भोगिरहेका केही स्थानीयबासीहरु नेपाल बिद्युत प्राधिकरण, बेलौरी बिद्युत प्रशाखा तथा स्थानीय फ्यूज सेवाप्रति नै आक्रोसित बन्दै गएको छ भने समस्याले आक्रान्त भएका अधिकांश जनताहरु सम्बन्धित निकायलाई सत्तोसराप गर्न बाध्य बनेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.