शनिबारदेखि मौसममा सुधार हुने सम्भावना

हेल्लो समाचारदाता

काठमाण्डौ, २५ माघ – भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । हिजो रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् शान्ति कडेँलले बताइन् ।

उनका अनुसार भोलि पश्चिमको मौसम आशिंक बदली भए पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । यस्तै मध्य र पूर्वको केही ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुनेछ । तर, हिजो र आजभन्दा भोलि थोरै पानी पर्ने मौसमविद्को अनुमान  छ । पर्सि भने धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.