घामको भरमा दार्चुलाको सञ्चार

हेल्लो समाचारदाता

दार्चुला, माघ २५ : दार्चुलामा २ दिन देखी मौशममा आएको खरावीका कारण सो जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि सञ्चार अवरुद्ध भएको हो। दार्चुलामा दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले २ दिनदेखी काम गरेका छैनन्। जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा सञ्चार अवरुद्ध भहेको हो। मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरि सञ्चार अवरुद्ध रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो। मालिकार्जुन–२ बालशिखरमा रहेको टावरमा दार्चुलाकोे मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टम मार्फत चल्दै आएको छ।
तर बुधबारदेखि मौशममा आएको परिवर्तनले गर्दा दिनभरी नै वादल लागेकाले सोलारले काम नगरेको गुरुङले वताउनुभयो। हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ। त्योबाहेकका सबै टावर घामको भरमा सञ्चालनमा छन्। नौगाड, व्यास, अपी लगायतमा रहेका स्काई टावरले दुई दिनदेखि काम गर्न छाडेको स्थानीय रघुवीर सिंह ठगुन्नाले बताउनुभयो। टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाज समेत प्रभावित बनेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो। अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कामकाज प्रायजसो अफ्ठयारो हुने गरेको उहाँले वताउनुभयो ।

Facebook Comments
ads-480-38

Comments are closed.