डडेल्धुरामा चट्याङ पर्दा दुई जनाको मृत्युु, चार जना घाइते

हेल्लो समाचारदाता

डडेल्धुरा, माघ २५ : डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको ज्यान गएको छ भने अरु चार घाइते भएका छन्। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन्। बिहान २ः३० बजेरित सुतिरहेको बेला एक्कसी चट्याङ लागेर सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन्। घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन्। उपचारका लागि घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगीएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो। घाइतेहरुको अवस्था समान्य छ। चट्याङ लगेर दशरथ नाथका एक दुहुनो गाई र एक हल गोरु समेत मरेका छन्।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.