कञ्चनपुरको बेलौरीका पशुहरूमा खोरेत रोगको प्रकोप

हरिश चन्द्र बाग

माघ २५,बेलौरी ।कञ्चनपुरको बेलौरीका केही ठाउँका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको छ । यश क्षेत्रका पशुमा महामारीकै रूपमा खोरेत रोगको संक्रमण फैलिएको छ ।

सिद्धबाबा गाईपालन फार्ममा रहेका गाईहरू मध्ये करिब ३ दर्जन भन्दा बढी गाईहरूमा खोरेत देखिएको फार्मका सञ्चालक हिरा सिंह बिष्टले बताउनुभयो । त्यस्तै यहाँका अन्य घरपालुवा पशुहरूमा पनि खोरेत रोग देखिएको छ । यश विषयमा पशु सेवा शाखामा बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बिष्टको गुनासो छ ।

यहाँ पालिएका पशुमध्ये विशेषगरी गाई, भैैँसी र बाख्रामा संक्रमण बढी देखापरेको छ ।  बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ ।

Facebook Comments
ads-480-38

Comments are closed.