बेलौरीमा किसानले नसोचेको काम वडा अध्यक्ष ढकालले गरे

हेल्लो समाचारदाता
माघ २५,बेलौरी
बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकालको व्यक्तिगत पहलमा शान्तिपुर गाउँमा सोलार पम्पसेट जडान गरिएका छन् ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र खुमलटारले कञ्चनपुर जिल्लाका लागि १० वटा पम्पसेट उपलब्ध गराएको थियो, जसमध्ये ५ वटा पम्पसेट आफूले ल्याएको वडाध्यक्ष ढकालले  बताए ।

५ वटामध्ये ४ वटा पम्पसेट आफ्नो वडाका किसानलाई वितरण गरेका उनले एउटा पम्पसेट ५ नम्बर वडामा वितरण गरेका छन् । सौर्य उर्जाबाट चल्ने पम्पसेट जडान गरिएपछि डिजल पम्पसेटबाट किसानहरूले राहत पाउनेमा आफू विश्वस्त रहेको ढकालको भनाइ छ ।

किसान निम प्रसाद काफ्ले , शङ्करजंग बिष्ट , मोतिलाल गैरे, रुद्र अधिकारी र विन्तिराम चौधरीलाई यी पम्पसेट निशुल्क वितरण गरिएका हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.