पुनर्वासमा सोनाम ल्होछार बिबिध सांस्कृतिक कार्यक्रमका साथ मनाईँदै

– सीता पौडेल
पुनर्वास, २२ माघ
नेपाल तामाङ घेदुङ,कञ्चनपुरको आयोजनामा तामाङ समुदायको महान पर्व २८५५ औ सोनाम ल्होछारको उपलक्ष्यमा कञ्चनपुरको पुनर्वासमा भब्य साँस्कृतिक कार्यक्रमका साथ मनाईँदैछ ।
कार्यक्रमको उदघाटन सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदीले गरेका छन् । पुनर्वासको आई.बी.आर.डी.मा भईरहेको सो कार्यक्रमलाई मंगलवार खानेपानी मन्त्री बिना मगरले सम्बोधन गर्ने गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारद्वय बाबू जिम्बा र रितु वाइबाले स्टेजबाटै दर्शकलाई नचाएका थिए ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कंचनपुरका अध्यक्ष नबीर मोक्तानको सभाध्यक्ष तथा बिशिस्ट अतिथिमा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट धामी रहेको कार्यक्रमको सन्चालन श्याम पाख्रीन, तीलक तामाङ र अनुज्ञा तामाङले गरेका थिए

Facebook Comments
ads-480-38

Comments are closed.