कञ्चनपुरमा एका बिहानै महिलाको शव फेला

हेल्लो समाचारदाता

कञ्चनपुर, २२ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ ।

आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५–५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिएका छन् । सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो ।

Facebook Comments
ads-480-38

Comments are closed.